ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

बुटवल, १७ मंसिर ।

बुटवल कालिका क्याम्पसले मँगलबारदेखि आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिवाक दिवस मनाउने भएको छ । सप्ताहव्यापी कार्यक्रमसहित क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउन लागेको हो ।

बुटवल उपमहानगरपालिका–१० रामनगरमा अवस्थित क्याम्पसले मँगलबार बृहत सरसफाई कार्यक्रमसहित सप्ताहको सुरुवात गर्ने प्राचार्य घनश्याम पाठकले जानकारी दिए ।

वार्षिकोत्सवबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाठकले स्थापनाको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरे । त्रिभुवन युनिभर्सिटीबाट मान्यता प्राप्त यस क्याम्पसमा हाल अध्यापन हुने बिसिए, बिबिए, बिएड, बिए र स्नातकोत्तर तह एमए आरडी तर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उनले बताए । निकट भविष्यमै गुणस्तर सुनिश्चिता प्रत्यायन (क्यूएए) प्राप्त गर्ने बताउँदै उनले त्यसका लागि अन्तिम पिआरटी भैसकेको जानकारी गराए ।

२०७० सालमा स्थापना भएको यस क्याम्पसमा विभिन्न संकायतर्फ हाज ३ हजार ९३६ विद्यार्थी रहेका छन् । सामुदायिक स्तरबाट सञ्चालित यस क्याम्पसले अघिल्लो शैक्षिक स त्रमा १ हजार २१५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले क्याम्पसमा डिजिटल प्रविधिलाई प्रोत्साहन गरिएको बताउँदै प्रविधि थप गर्ने योजनाहरु जारी रहेको उल्लेख गरे ।

क्याम्पसले मंसिर २४ गतेसम्म मनाउने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तर संकाय छात्रछात्रा भलिबल, रिले दौड प्रतियोगिता, कबड्डी प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, नृत्य प्रतियोगिता, बेलुन फुक्ने प्रतियोगिता हाजिरी जबाफ प्रतियोगिता हुने छन् । यसैगरी शिक्षक कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत निःशुल्क आँखा र दन्त परीक्षण समेत आयोजना गरिने क्याम्पस प्राचार्य पाठकले जानकारी दिए । साताव्यापी कार्यक्रमको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले समुद्घाटन गर्नुका साथै मूल समारोहलाई लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission