© २०२३
बुटवल, १७ मंसिर ।
बुटवलका लागि यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता बाइकर्स बुटवलले यहि मंसिर १५ गते आ–आफ्ना शहरमा यामाहा रेजेडआर १२५ एफआई हाईब्रीडको माईलेज च्यालेन्ज र र्याली सफलतापूर्वक सम्पन्न गरेको छ ।
कम्पनीले यामाहा रेजेडआर १२५ एफआई हाईब्रीडलाई नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटर भन्दै दाबी गर्दै आएको कुरालाई सत्य साबित गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो। यामाहा रेजेडआर १२५ एफआई हाईब्रीड लाई जस्तोसुकै भू–भागमा पनि सजिलै चलाउन सकिने र अरू कम्पनीका स्कुटरको तुलनामा उच्च माईलेज दिने कुरा प्रमाणित गर्न कम्पनीले बुटवलका आफ्ना ३० भन्दा बढी रेजेडआर १२५ एफआई हाईब्रीडका ग्राहकहरूलाई माइलेज च्यालेन्जमा सहभागी गराएको थियो ।
कार्यक्रम यामाहा शोरुम बुटवलबाट सुरु भएर जीतपुर मायादेवी रिसोर्ट सम्म सञ्चालन भएको थियो । यस स्कुटरले समतल बाटोमा मात्र नभएर उकालो–भिरालो, खाल्डा खुल्डीमा समेत कस्तो पर्फमेन्स दिन्छ तथा कतिसम्म माइलेज प्रदान गर्छ भन्ने हेतुले उक्त स्थान रोजिएको थियो । उक्त राइड–आउटमा सहभागी ग्राहकहरूलाई विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाउँदै रेजेडआर १२५ एफआई हाईब्रीडका बारेमा समेत जानकारी गराइएको थियो ।