© २०२३
काठमाडौं ।
काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।
१० हजार ५५८ मध्ये २ हजार ९०२ मत पाउँदै उनी विजयी भइन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे । त्यस्तै २ हजार २ सय ४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । नेकपा एकीकृत समाजवादी का मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७ सय ७४ मत पाए । काठमाडौं-१६ मा १० हजार ५ सय ५८ मत खसेको थियो भने १ सय ८० मत बदर भएको छ ।