ट्रेंडिंग:

>> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की

दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो

१६ मंसिर २०८१, आइतबार
१६ मंसिर २०८१, आइतबार

दाङ, १६ मङ्सिर ।

दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्या वर्षेनी बढदै गएको पाईएको छ । ३७ औं विश्व एड्स दिवसका अवसरमा दाङको घोराहीमा जनस्वास्थ्य कार्यालयले जानकारी गराएको छ । दाङमा २०८० सालमा ४ सय ४ जना एचआइभी संक्रमित रहेकोमा यो वर्ष ३३ जनाको पहिचान भएर ४ सय ३७ पुगेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

समुदाय स्तरमा पुगेर एचआईभी संक्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा संक्रमितहरु थपिने क्रम बढेको छ । यो वर्ष ३३ जना नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो वर्ष जिल्लामा ४३ जना एचआईभीका नयाँ बिरामी थपिएका थिए । यो वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ८५ जना र प्रादेशिक अस्पताल तुलसीपुरको एआरटी सेन्टरबाट १ सय ५२ जना एचआईभी संक्रमितले उपचार गराईरहेका छन् ।

एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरुमा सुईद्वारा लागू पदार्थप्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेश्रो लिंगीहरु र रोजगारीका लागि विदेश गएर फर्किएकाहरु रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको एआरटी सेन्टरकी काउन्सिलर तारा बिसीका अनुसार, वैदेशिक रोजगारीमा गएर फर्किएकाहरु १ सय ५० जना एचआईभी संक्रमित भएका छन् । १५ वर्षदेखि माथि उमेर समुहमा १ सय ३७ जना महिला र १ सय २९ जना पुरुष रहेका छन् भने ७ जना अन्य रहेका छन् । यसैगरी, १५ वर्ष मुनि उमेर समुहका ४ जना महिला र ८ जना पुरुष रहेका छन् । जसमध्ये १५ जना यौनकर्मी, २३ जना पुरुष समलिंगी, ५९ जना आप्रवासी कामदार, ७ जना अन्य र ३१ जना आमाबाट बच्चामा सरेका रहेका छन् । अस्पताल आउनेहरुमाथि शंका लागेमा एचआईभी प्रि र पोष्ट टेस्ट, काउन्सिल, औषधी सबै निशुल्क उपलब्ध हुने गरेको छ । पहिचान भएका बिरामीलाई सचेत गराउँदै आउने दिनमा हुने थप जोखिम कम गर्न निरन्तर काउन्सिलिङ गर्ने गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एआरटी काउन्सिलर बिसीले बताइन् ।

पहिचान भएका एचआईभी संक्रमितहरुलाई निगरानी राख्दै नियमित एआरभी सेन्टरबाट औषधी सेवन गराउनुका साथै मनोसामाजिक परामर्शको पनि दिएको उनले बताइन् ।

प्रादेशिक अस्पताल तुलसीपुरको एआरटी सेन्टरबाट पहिचान भएका १ सय ५२ जनामा सेवा लिइरहेका छन् । तुलसीपुरका ८३ जना, शान्तिनगरका १५ जना, बबईका २३ जना, दंगीशरणका १० जना, लमहीका २ जना, घोराहीका १० जना, जिल्ला बाहिरका ९ जनाले उपचार सेवा लिईरहेका एआरटी काउन्सिलर प्रमिला लामिछानेले जानकारी दिइन् । उनका अनुसार, १५ वर्षदेखि माथि उमेर समुहका ७४ जना पुरुष, ७४ जना महिला, १५ वर्ष मुनि उमेर समुहका ३ बालिका र १ बालक रहेका छन् । जसमध्ये ९ जना यौनकर्मी, १ जना लागू पदार्थ दुव्र्यसनी, ३ जना समलिंगी, ४१ जना आप्रवासी कामदार, ९८ जना अन्य प्रकृतिका रहेका उनले बताइन् ।

एचआईभी पहिचान भएका सबै संक्रमितहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरबाट एआरटी औषधि सेवन गरिरहेका छन् ।
एचआईभी पहिचान र रोकथामका लागि जिल्लामा रहेका मानव स्वास्थ्य समाज, दाङ प्लस, रेडक्रस, परिवार नियोजन संघ, नागार्जुन डेभलपमेन्ट, परिवर्तन समुहलगायत संस्थाले पनि काम गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?