ट्रेंडिंग:

>> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध >> कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार >> लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री >> नेकपा एमाले सचिवालय बैठक सुरू >> कृषकलाई कृषि एम्बुलेन्स >> सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा छलफल गर्न कार्यदल गठन

रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने

१६ मंसिर २०८१, आईतवार
१६ मंसिर २०८१, आईतवार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेधपुछ तथा बयान आजका लागि सकिएकाे छ ।

शुक्रवार देखी काठमाडाैं प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलकाे कार्यालय लगिएकाे थियाे, बयान अझै नसकिएकाले भाेली पनि जारी रहने भएकाे छ ।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा साेमवार सम्म काठमाडौंमा नै रहने भएका छन । बयान सकिए पछि सम्भवतः भाेली पाेखरा फर्काइने छ ।

शुक्रबार बिहान देखि सुरू भएको बयान साे दिनकाे अपरान्ह ३:३० बजे सकिएको थियाे । उनले त्याे दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । अाज पनि उनले झन्डै ५ घन्टा लामाे बयान दिएका छन ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ ठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।

स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्। त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ।

यसअघि उनका पार्टनर पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो।  स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा: र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।

अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि-छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।

मुख्यतया : अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?