ट्रेंडिंग:

>> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

रेडियो मुक्तिको अध्यक्षमा पुनः पोखरेल

१६ मंसिर २०८१, आइतबार
१६ मंसिर २०८१, आइतबार

बुटवल, १६ मंसिर। महिला समानताका लागी सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो मुक्ति ९५ थोप्लो ५ बुटवलको अध्यक्षमा पुन : खेमकुमारी पोखरेल ‘दिपु’ को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । संस्थाको शनिबार बुटवलमा सम्पन्न १५ औ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट उपाध्यक्षमा कबिता अर्याल, सचिवमा सबिता देबि निरौला, कोषाध्यक्षमा राधिका न्यौपाने, सह–सचिवमा उमा अर्याल ढकाल तथा सदस्यहरुमा किस्मती कुमारी चौधरी, साबित्रा घिमिरे, सुमित्रा चापागाई, शारदा पहाडी, राधिका सिग्देल, सिता भट्टराई निर्वाचित भएको निर्वाचन समितिका संयोजक तारा पाण्डेले बताईन ।

अधिबेशनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा रेडियो मुक्तिका सल्लाहकार साबित्रादेबि अर्यालले महिला शसक्तिकरण, महिला हिंसा न्यूनिकरण, लैंगिक विभेदको अन्त्य र सामाजिक जागरण अभियान संञ्चालनमा रेडियोको महत्वपूर्ण योगदान रहेको बताईन । रेडियोबाट उत्पादन भएका कार्यक्रम र यसको प्रभावको विषयमा प्रकाश पार्दै उनले थप स्थानिय महिला, उद्यमलाई जोडेर कार्यक्रम बनाउन आग्रह गरिन । रेडियोको स्तरबृद्धिका लागि स्थानिय सरकार सधै साथ रहेको समेत बताईन ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपु पोखरेलले समाजमा देखिएका नकारात्मक विषयहरुको उठान र सकारात्मक विषयहरुको सम्प्रेषण गर्दै रेडियो सभ्य समाज निर्माणमा अग्रसर रहेको बताईन । बिसं. २०६५ सालमा ‘सचेत नारी सचेत परिवार, हरेक क्षेत्रमा समान अधिकार’ भन्ने मुल नाराका साथ लिजको घरमा १०० वाट क्षमताबाट प्रसारण गर्दै आएको रेडियो हाल आफनै भवनमा ५०० वाट क्षमता बिस्तार गर्न सफल भएको बताईन । समुदायको अपनत्व र साथकै कारण रेडियो स्तरवृद्धि र रेडियो मुक्ति कल्याणकारी कोष स्थापना गर्न समेत सफल भएको बताईन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, निवर्तमान अध्यक्ष टंक पराजुली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सामुदायिक रेडियो प्रशारक संघ ओकराबका उपाध्यक्ष मिलन गाहाले समाज परिवर्तन गर्न र मार्गदर्शनका लागि रडियो मुक्तिको योगदानबारे प्रकाश पारे ।

रेडियो मुक्ति महिलाहरुद्धारा स्थापित र संञ्चालित नेपालको पहिलो सामुदायिक रेडियो दैनिक १७ घण्टा प्रसारण भैरहेको छ । जसमा हाल १५० जना संस्थापक सदस्य छन । रेडियोको प्रसारण रेडियो सेटमा ९५.५, इन्टरनेट अनलाईनमा रेडियोको वेवसाईट र मोबाईल एप्लीकेसनको हाम्रो पात्रोेमा समेत संसारभर सुन्न सकिन्छ । यसैबिच कार्यक्रममा रेडियोकी प्राविधिक सिता पौडेल उत्कृष्ट कर्मचारीबाट सम्मानित भएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?