© २०२३
बुटवल ।
पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ अन्तर्गतका पाँच सामुदायिक विद्यालयका ३०१ जना अतिविपन्न विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ । वितरण गरिएका न्यानो कपडामा ट्र्याकसुट, टोपी, र मोजा समावेश थिए। साथै, १२ जना अति विपन्न बालबालिकालाई भाग्य बोक्ने झोला उपलब्ध गराइएको हो । जगतमाता आधारभूत विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, श्री अमर आधारभूत विद्यालय, जनशान्ति आधारभूत विद्यालय, र श्रीदीप आधारभूत विद्यालय मा सहयोग प्रदान गरिएको हो ।
कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान सिंह श्रेष्ठ , वडा नं. ३ का अध्यक्ष तेजप्रसाद खनाल, पहिलो पाइला नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल, र समाजसेवी पशुपति पाण्डे लगायतले सहयोगले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने बताएका थिए ।
कार्यक्रमको अध्यक्षता पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष सन्तोष बन्जाडेले पहिलो पाइला नेपालको स्थापना, उपलब्धि, र आगामी योजनाबारे जानकारी गराउँदै ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच बढाउन संस्थाले निरन्तर काम गरिरहेको बताएका थिए ।
केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल, प्रकाश पोखरेल कोषाध्यक्ष नरेश न्यौपाने, संयोजक रमेश काफ्ले र सचिव मनिष खनाल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी