ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

तस्करको स्कोरपीयोले किचेर सशस्त्र प्रहरी सईको मृत्यु

१६ मंसिर २०८१, आइतबार
१६ मंसिर २०८१, आइतबार

सिरहा।

सिरहामा तस्करको स्कोरपीयोले किचेर एक सशस्त्र प्रहरी सईको मृत्यु भएको छ।

भारतीय सीमानजीकै बडीयारपट्टी १ कचनारी भित्री सडक खण्डमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षिय लक्ष्मण प्रसाद यादवलाई आईतबार विहान तस्करको स्कोरपीयोले किचर मृत्यु भएको हो।

नेपालबाट भारत तर्फ गईरहेको तस्करको स्कोरपीयो रोक्न खोज्दा यादवलाई ठक्कर दिएर भाग्न लागेका थिए। ठक्करबाट यादवको मृत्यु नभएपछि उनलाई स्कोरपीओ ब्याक गरेर पुनः किचेको प्रहरीको भनाई छ।

सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिलाई देखेर भाग्ने क्रममा स्करपीयोले ठक्करदिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए। उनले अहिले सम्म ती स्कोरपीयोले मदिरा बोकेको भन्ने सूचना आएपनि स्कोरपीयो फेला नपरेकाले यसै भन्न नसकिने जनाए।

विओपी वडहरीमा कार्यरत सशस्त्रका सय यादवको नेतृत्वमा ५ जना र प्रहरी चौकी कचनारीबाट खटिएको असई बीरेन्द्र कुमार शाह नेतृत्वको ५ जनाको संयुक्त मोटर साइकल गस्ति टोलीलेको विच घटना भहुँदा पनि स्कोरपीयो भाग्न सफल हुनुले घटनालाई थप ससंकीत बनेको एक प्रहरी अधिकृत बताउँछन्।

उनले भने, ‘यो सामान्य घटना होइन। १० जना हतियार सहितको टोलिमा एक जना प्रहरीको मृत्यु भएको छ।  यसले प्रहरी आफै संकाको घेरामा परेको छ।’

ती प्रहरी अधिकृतले भने, ‘जिल्लाका प्रहरी, प्रशासन प्रमुखहरुकै मिलेमत्तोमा यस क्षेत्रबाट निर्वाधरुपमा मदिरा भारत तर्फ तस्करी भईरहेको थियो। त्यो पछिल्ला दिनहरुमा पक्राउ परेका घटनाले पनि देखायो। यो घटनाले भने मदिरामात्र नभई अन्य सामाग्रि पनि तस्करी भएको हुन सक्ने देखाउँछ।’

उनले थपे, ‘घटना दशगजा देखि ४ सय मिटरको दुरीमा नेपाल तर्फ भएको हो। मदिरा तस्करले नेपालमा यति ठूलो उपद्रो गर्दैन। भारतमा मात्र उनीहरुलाई डर हो। यो गाडीमा सुपाडी, सुकमेल, प्रतिवन्धित लागूऔषध गाँजा वा त्यस्तै कुनै बहुमुल्य सामाग्री हुनु पर्छ।’

यता परिवारजनले घटनाको उचित छानविन गर्नु पर्ने माँग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहानमा चक्का जाम सहित प्रदर्शन गरिरहेको छ। उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई निलम्वनगरी घटनाको छानविन गर्नु पर्ने माँग गर्दै आएको छ।

यादवको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?