ट्रेंडिंग:

>> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

सागसब्जीका बेर्ना बेचेर २६ लाख

१६ मंसिर २०८१, आईतवार
१६ मंसिर २०८१, आईतवार

वालिङ (स्याङ्जा), १६ मंसिर ।
यहाँका एक किसानले व्यवसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका हुन् ।
उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु. छ लाख आम्दानी भएको बताए । उनले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काँक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आएका छन् ।
वि.सं.२०५२ बाट व्यवसाय थालेका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गरेका हुन् । व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गरेको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिएका छन् । “बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु”, उनले भने ।
यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उनले बताए ।
कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उनले बताए । कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले व्यवसाय सञ्चालनमा सहज भएको उनी बताउँछन् । कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उनी राष्ट्रपतिबाट पुरस्कृत पनि भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?