ट्रेंडिंग:

>> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक >> काममा हिडन थाले सैफ अली >> दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार बढी खेलाडीले गरे नाम दर्ता >> अमेरिकाबाट अवैध आप्रवासी फर्काउन कोलम्बिया सरकार तयार >> काठमाडौंमा ३९ लाख नगदसहित एक जना पक्राउ >> पाल्पाका दश हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने >> सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो >> सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुने सामुने हुने >> ओस्कार ट्रफीमा देखिने मूर्ति कस्को हो त? रोचक कुरा जान्नुहोस् >> हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’ >> अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’ >> भन्सार राजस्व चुहावट रोक्न जोड >> अर्को ‘ब्रेक थ्रु’ मा ढिलाई नहोस् >> न्यायिक समितिको कार्यबारे जानकारी गराउँदै गाउँ टोलमा >> ‘सुन्तलाखर्क’ को पाखैभरि पहेँलपुर सुन्तला >> मालिकामा कम गुणस्तरको मदिरा बिक्रीमा रोक >> अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलः पर्यटनको ढोका >> पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> सत्तारुढ दलको बैठक बस्दै >> करोड धरौटी बुझाएर छुटे रवि >> खेल संघहरु जिम्मेवार बन्न राखेप उपाध्यक्ष आचार्यको आग्रह >> रविबारे रुपन्देही अदालत- आरोपितले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार देखिएन >> ताल परिसरमा बनेको टहरा हट्यो >> रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश >> आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल दाङ निरन्तरता >> २८६१ औ सोनाम लोसारको अवसरमा रक्तदान >> भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता उपलब्ध >> रबि लामिछाने पक्षकाे बहस सकियाे, केही बेरमा आदेश आउने सक्ने >> नेपालमा ७२ औं विश्व कुष्ठरोग दिवस, कुष्ठरोग कम हुँदै

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

बर्दिया । 

बढैयाताल गाउँपालिका-७ पडरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बर्धवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ हस्नपुर बस्ने २७ वर्षीय नवराज पुरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको    छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय आश्विक थारूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित पाँचथर फालेलुङ गाउँपालिका-६ ओदिम्बा टोल घर भई इलाम सूर्योदय नगरपालिका-८ फिक्कल श्रीअन्तु रोड बस्ने २४ वर्षीय बसन्त राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, फेनारागन २८ एम्पुल र ब्रुफिन २८ एम्पुल सहित सोही महानगरपालिका-५ शान्तिनगर डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका-१४ माधबपुर घर भएका २७ वर्षीय रूबिन वाईवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख २५३० नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?