ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

रुद्रवेणी राम मन्दिरमा रोटरी डाउनटाउनको न्यानो कपडा वितरण

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

बुटवल, ४ मंसिर । सामाजिक उत्तरदायित्व अन्तरगत रोटरी क्लब अफ बुटवल डाउनटाउनले गुल्मीको रुद्रवेणीस्थित श्रीराम मन्दिरमा आश्रित भक्तजनहरुलाई खाना खुवाउने तथा न्यानो कपडा वितरण कार्यक्रम गरेको छ । क्लबबाट टिआरएफ चेयर शंकर ज्ञवालीको सहयोगमा एक समारोहका बिच क्लबका पुर्व अध्यक्ष टंक प्रसाद पराजुली, बिमलराज भट्टराई, भरत राना, क्लबका अध्यक्ष शिव ज्ञवाली, सचिव कमल नेपाल, क्लब एडमिनिस्ट्रेटिभ चेयर प्रकाश पौडेलले श्रीराम मन्दिरका पिठाधिस क्षमानन्द सरस्वती, श्रीराम मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष बलराम अधिकारीलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

धार्मिक महत्व बोकेको रुद्रावतीको प्रचारप्रसारमा जोड दिएको समितिका उपाध्यक्ष बलराम अधिकारीले बताए । करिब १७० किलोमिटर टाढाबाट बगेको कालिगण्डकी र सयौ किलोमिटरबाट बगेकी बडिगाड नदीको संगमस्थल रुद्रावती रुपमा चिनिन्छ । यो स्थानमा भगवान विष्णुको अवतारका रुपमा मानिने शालिकग्राम पाईने हुदा पनि यसको महत्व हिन्दु धर्मावलम्बीहरुमा धेरै रहेको उनले बताए । आफुहरुले ४० हजार बढि शालिग्रामहरु संग्रह गरेर राखेको तथा ब्यवस्थित रुपमा प्रर्दशनको तयारीमा रहेको उनले बताए । हाल मन्दिरमा नै सामुहिक पुजा गरिने शालिग्राम आएको उनले बताए । सागुरेमा ड्याम बनाएर उत्कृष्ट गन्तव्य बनाउन डिपिआर समेत बनेको उनले बताए । शुभकार्यहरुमा विभिन्न दाताहरुबाट हुने सहयोगबाट आश्रममा आश्रित कल्पबासीहरुलाई खानपिनमा खर्च जुट्ने गरेको उनले बताए । ‘नियमित आयश्रोत भने छैन ।’—उनले भने । हाल आश्रममा ४२ जना कल्पबासीहरु रहेका छन ।

यसैगरि यसअघि क्लबको १००० औ नियमित बैठक तथा हाईकिङ कार्यक्रम साबिक लुम्बिनी अंचलको सबैभन्दा अग्लो स्थान थाप्लेको डाडामा रहेको पर्यटकिय स्थल सत्यवती मन्दिर परिसरमा सम्पन्न भएको छ । ऐतिहासिक बैठकमा क्लबका अध्यक्ष शिव ज्ञवालीले पुर्वअध्यक्षहरुलाई सम्मान गर्दै पर्यटकिय स्थलको प्रचारप्रसारमा थोरै भएपनि योगदान दिने गरि हाईकिङ कार्यक्रम राखिएको बताए । देशभित्र नै रहेका सुन्दर पर्यटकिय क्षेत्रको प्रचार हुने गरि कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा अतिथि बक्ताका रुपमा न्यु होराईजनका जिवलाल ज्ञवालीले गुल्मीको सबैभन्दा अग्लो, पर्यटकिय र धार्मिक बुढी सत्यवती मन्दिरलाई प्रचारप्रसारसंगै भौतिक पूर्वाधारबाट जोड्न जरुरी रहेको बताए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष टंक प्रसाद पराजुली, क्लबका पुर्व अध्यक्ष बिमलराज भट्टराई, भरत राना, प्रेसिडेन्ट नोमिनि धर्मदत्त ज्ञवाली, सचिव कमल नेपाल, क्लब एडमिनिस्ट्रेटिभ चेयर प्रकाश पौडेलले नेतृत्व विकास, समुदायको हितमा रोटरीको योगदान महत्वपुर्ण रहेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?