© २०२३
काठमाडौं ।
भक्तपुरस्थित घरबाट पक्राउ परेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले सो मुद्दा चलाउने भएको हो ।
‘पक्राउ गरेर पहिला सीआईबीमा ल्याइँदैछ,’, उनले भने, ‘यहीँको हिरासतमा राखेर कारबाही अगाडि बढ्छ ।’
उनलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने उनले बताए ।
भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको बोगटीले बताए । ‘यस्तो वारदातमा जो–जो संलग्न छन्, हामी सबैलाई ल्याएर कानुनी कारबाही गर्नेछौं’, उनले बताए ।