ट्रेंडिंग:

>> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो

लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल—चीन मित्रता स्तम्भ स्थापना

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

बुटवल, ०३ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल—चिन मित्रता शिला स्तम्भ स्थापना गरिएको छ । विश्वविद्यालयको बौद्ध अध्ययन संकायबाट आज एक समारोहको आयोजना गरी मित्रता शिला स्तम्भ अनावरण गरिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र चीन—नेपाल साँस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्यूले बुद्ध जन्मस्थलमा रहेको विश्वविद्यालयको बौद्ध अध्ययन संकायको कार्यालय परिसरमा रहेको सो स्तम्भको अनावरण गरेका हुन । कार्यक्रममा बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. बज्राचार्यले स्तम्भ अनावरणसँगै नेपाल र चीनबीचको सम्बन्ध अझै सुमधुर बन्दै जाने विश्वास व्यक्त गरे । बौद्ध विश्वविद्यालको विकास र शैक्षिक उन्नयनमा चीनको सदैव सकारात्मक सहयोग रहँदै आएको बताउँदै उनले आगामि दिनमा नेपाल चीनबिचको साँस्कृतिक आदानप्रदान रहिरहने उल्लेख गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको भन्दै उनले यी योजना सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

चीन—नेपाल साँस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्यूले सबैको समूहिक प्रयासमा मित्रता स्तम्भ राख्ने काम सफल भएको बताउँदै यो प्रयासले विश्वविद्यालय र चिनियाँ जनताबीचको सम्पर्क र सहकार्य बलियो हुने उल्लेख गरे । “हाम्रो केन्द्रले विगत दश वर्षदेखि नेपाल र चीनका विविध क्षेत्रहरू र व्यक्तिहरूको सहकार्य गर्ने आधार प्रदान गर्दै आएको छ ”, उनले भने –“हागामी दिनमा बुद्धभूमिबाट बुद्ध अनुयायीलाई सुख, शान्ति र समृद्धि प्राप्त होस् ।”

चीनका प्रसिद्ध क्यालिग्राफी कलाकार क्वान तोंगले आफ्नो कलाकृति चीनको परम्परागत सँस्कृति “फू ” लिपीसँग सम्बन्धित रहेको जनाउँदै जसले आफैमा गहन अर्थ र भाव व्यक्त गरेको र स्थापित शिलामा बुद्ध ज्ञानसँग सम्बन्धित बोधीको प्रतिनिधित्व गर्ने पिपलको पात र बुद्धरूप चित्रित गरेको जानकारी गगराएका थिए । नेपाल र चीन बीचको प्राचीन सँस्कृतिको अन्तरघुलन होस् भन्ने अभिप्रायले स्थापना गरिएको शीलामा चीनमा प्रतिष्ठित बहुमुल्य मानिने कलाकृति अभिलेख गरिएको छ । नेपाल र चीन बीचको सम्बन्ध विस्तारका लागि शीला स्तम्भ स्थापना गरिएको बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले जानकारी दिए ।लामो समयको प्रक्रियापछि करिब तीन महिना अगाडि शीला स्तम्भ लुम्बिनीमा ल्याइएको र आज विशेष समारोहका बीच चिनियाँ प्रतिनिधिको रोहबरमा अनावरण गरिएको परम्परागत बौद्ध चिकित्साका लागि प्रमुख अनुसन्धान केन्द्रका प्रमुख डा. सागर न्यौपाने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?