ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

लिम्घाको सरस्वती माबिलाई रोटरी डाउनटाउनबाट साढे ३ लाख बराबर सहयोग

समाजसेवी ज्ञवालीले गरे विद्यालयमा ६१ हजार रुपैया बराबर अक्षयकोष स्थापना
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

बुटवल, २ मंसिर । रोटरी क्लब अफ बुटवल डाउनटाउनले गु्ल्मी, सत्यवती गाउपालिका–४ लिम्घाको सरस्वती माध्यमिक विद्यालयमा करीब साढे ३ लाख बराबरको विज्ञान अध्यापनमा उपयोगी शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक क्षेत्रमा बेग्लै पहिचान बनाएको क्लबबाट टिआरएफ चेयर शंकर ज्ञवालीको सहयोगमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उपयोगी हुने गरि साईन्स ह्युमन बडी पार्टस, स्मार्ट बोर्ड तथा डेक्सबेन्च वितरण गरिएको हो ।

एक समारोहका बिच आईतबार विद्यालय परिसरमा सत्यवती गाउपालिकाका अध्यक्ष टिकाराम पाण्डे, नेपाल चेम्बर अफ कमर्शका प्रदेश सदस्य युवराज न्यौपाने, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, क्लबका पुर्व अध्यक्ष टंक पराजुली, बिमल भट्टराई, भरत राना, टिआरएफ चेयर शंकर ज्ञवाली, प्रेसिडेन्ट नोमिनि धर्मदत्त ज्ञवालीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दल बहादुर खासु, विद्यालयका प्रधानाध्यापक मणि ज्ञवालीले सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा सत्यवती गाउपालिकाका अध्यक्ष टिकाराम पाण्डेले संस्कारसहितको वैज्ञानिक शिक्षा आजको आवश्यकता भएको बताए । गाउपालिकाभित्रका विद्यालयमा यसलाई अनुसरण गर्ने गरि अघि बढाइएको उनले बताए । विद्यार्थीलाई अनुशासित र अतिरिक्त क्रियाकलापमा अग्रसर गराउन एनसिसि तालिम दिने नेपाल आर्मीसंग आग्रह समेत गरेर कार्यक्रम ल्याउन थालेको उनले बताए । साबिक लुम्बिनी अंचलको सबैभन्दा अग्लो स्थान २६९० मिटरमा थाप्लेको पहाड यही पर्ने भन्दै उनले यहा रहेको २५०० मिटर उचाईको पर्यटकिय गन्तव्य सत्यवती मन्दिर प्रख्यात रहेको बताए । नेपालको उत्कृष्ट एक सय पर्यटकिय स्थलमा गुल्मीको रेसुङा र सत्यवती पर्ने उनले बताए । हङकङको ओसनपार्कका रुपमा विकास गर्न सकिने हुदा यसमा संघ र प्रदेश सरकारबाट पहल जरुरी रहेको उनले बताए ।

कार्यक्रममा क्लबबाट टिआरएफ चेयर शंकर ज्ञवालीले आफ्नो गाउठाउको विकासमा थोरै भए पनि योगदान दिन पाउँदा खुशी लागेको बताए । जन्मभुमि स्वर्गभन्दा प्यारो लाग्ने हुदा पनि आफू यो ठाउलाई भुल्न नसकेको बताउदै उनले बाल्यकालमा अध्ययनको क्रममा धेरै समस्या र चुनौतीहरु पार गरेको स्मरण गरे । समयसापेक्ष विद्यार्थीहरुको उपयोग हुने गरि शैक्षिक र विज्ञानका सामाग्री हस्तान्तरण गरेको उनले बताए ।
यसैबिच ज्ञवालीले मातापिताको स्मृतिमा कालिदास–पवित्रा अक्षयकोष स्थापना गर्न ५० हजार रुपैया हस्तान्तरण गरेका छन । ज्ञवालीले देवि स्मृति अक्षयकोषमा १० हजार रुपैया, कल्याणकारी कोषमा समेत ११ हजार रुपैया सहयोग गरेका छन । यसअघि विद्यालयको शैक्षिक र भौतिक विकासको लागि आयोजना गरिएको महायज्ञमा समेत उनले १ लाख १२ हजार १११ रुपैया सहयोग गरेका थिए । कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा सहयोग हुनेमा आशाबादी रहेको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले समय ब्यवस्थापन र नेतृत्व विकासमा क्लब विशेष जोड दिने बताए । यो पटक गाउपालिकामा ४ वटा कार्यक्रम ल्याएको उनले बताए । विज्ञान शिक्षा उपयोगी सामग्री हस्तान्तरण, गुल्मीको अग्लो पर्यटकिय स्थलमा क्लबको एक हजार औ नियमित बैठक, रुद्रबेणीको राम मन्दिरमा आश्रितहरुलाई खाद्यान्न र न्यानो कपडा वितरण गर्ने उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मणि ज्ञवालीले पुर्वाधार विकाससंगै गुणस्तरीय शिक्षामा जोड दिएको बताए । सरकार र समुदायका दाताहरुको सहयोगमा विद्यालयको धेरै आवश्यकता पूरा भएको उनले बताए ।

कार्यक्रममा सत्यवती गाउपालिका वडा नं ४ का वडाअध्यक्ष पिताम्बर ज्ञवाली, क्लबका पुर्व अध्यक्ष टंक पराजुली, बिमल भट्टराई, भरत राना, प्रेसिडेन्ट नोमिनि धर्मदत्त ज्ञवाली, सचिव कमल नेपाल, क्लब एडमिन चेयर प्रकाशराज पौडेल, पदम नेपाल, डिल्लीराज भण्डारीले धेरै दानबिरहरु जन्माएको लिम्घा विकासमा अघि बढ्न सफल भएको बताउदै आगामी दिनहरुमा पनि यसरी नै सहयोग हुनेमा आशाबादी रहेको बताए । हाल विद्यालयमा नर्सरी देखि १२ सम्म ३ सय विद्यार्थीहरु अध्ययनरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission