ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

९६ जना मोतियाविन्दुका बिरामीले पाए नयाँ दृष्टि

२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

सल्यान, ०२ मंसिर ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरले ९६ जना मोतियाविन्दुका बिरामीलाई नयाँ दृष्टि दिन सफल भएको छ । वडा नं. १, घाटगाउँकी पुष्पा सुनारले शल्यक्रियापछि पुनः संसार हेर्न पाउँदाको खुसी व्यक्त गर्दै भनिन्, “मेरो जीवनमा फेरि उज्यालो फर्कियो । नयाँ संशार देख्न पाइयो ।”

यो शिविरमा ८ स्थानबाट आँखाका बिरामी छनौट गरिएको थियो। ४७८ जनाले आँखा जाँच गराए, जसमध्ये ९६ जनामा मोतियाविन्दु पुष्टि भई शल्यक्रिया गरिएको हो । तिलगंगा आँखा अस्पतालको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र देवस्थल उपशाखाको समन्वयमा सम्पन्न भएको हो । बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा सञ्चालन भएको शिविरले छिमेकी पालिका सिद्धकुमाख, कुमाख र सुर्खेतको सिम्ता गाउँपालिकाका बिरामीलाई समेत सेवा प्रदान गरेको छ ।

शिविरमा डा. मञ्जु पन्थ खड्का र वरिष्ठ नेत्र अधिकृत प्रेम दीक्षितको टोलीले बिरामीहरूको चेकजाँच तथा शल्यक्रिया गरेका थिए । उनीहरूले सल्यान र आसपासमा आँखासम्बन्धी समस्या बढ्नुको मुख्य कारण सूर्यको किरण, आँखाको सुक्खापन, घासपात काट्दा आँखामा घाउ लाग्नु, जलविन्दु, र उच्च मधुमेह रहेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी देवस्थल उपशाखाका सभापति पुष्कर विसीका अनुसार वर्षेनि आँखासम्बन्धी समस्या बढ्दै गएको छ । यसैले, यस्ता शिविरले बिरामीलाई सुलभ र गुणस्तरीय सेवा दिन मात्र नभई समस्या पहिचान गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् । शिविरले स्थानीय समुदायमा ठूलो प्रभाव पारेको छ । आँखाको ज्योति गुमाइसकेका नागरिकहरूमा आशाको नयाँ किरण बाल्न सफल यो कार्यक्रमले प्रदेशभरि उदाहरणीय भूमिका खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission