ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

‘भ्रष्टाचार नियन्त्रणको पहिलो दायित्व सम्बन्धित निकायकै’

१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

सल्यान, ०१ मंसिर ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्टाचार नियन्त्रणको पहिलो दायीत्व सम्बन्धीत निकायकै भएको बताएका छन् । सल्यानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधी, कर्मचारी, उपभोक्ता समितिमा बसेर काम गर्ने वा सार्वजनिक श्रोतसाधनको प्रयोग गरेर काम गर्ने जो कोहिले पनि भ्रष्टाचार सम्बन्धीत क्षेत्रको ऐन, नियम पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिएका हुन् ।

आयोगको आजोजनामा विहिबार सल्यानको छत्रेश्वरी गाउँपालिकाका आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘अख्तियार मात्रै भ्रष्टाचार नियन्त्रण गर्ने एउटै संस्था हो भन्ने बुझ्नु गलत हो । सबैभन्दा पहिलो दायीत्व सम्बन्धीत निकाय, कार्यालय र इकाइको हो । सम्बन्धीत कुराहरू र ऐन नियमको परिपालना तथा परिणामसंग सम्बन्धीत रहेर काम गर्नुपर्छ ।’ उनले कर्णाली प्रदेशमा विशेष गरेर निर्माण तथा सामान खरिद, परामर्श सेवा खरिद, नियुक्ती एवम् पारदर्शीता नअपनाएका विषयमा बढीजसो उजुरी आउनेगरेको बताए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय तथा वन समूह र निर्माण समितिका पदाधिकारीहरू लगाएत सरोकारवालाहरूका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको उद्देश्यसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पारदर्शी र जवाफदेही भूमिका सुशासनको महŒवपूर्ण आधारशिला भएको उल्लेख गर्दै ऐन, नियमको पालनामा आफूहरूले सक्दो र इमान्दार प्रयास गरिरहेको बताए । यद्यपी अख्तियार भन्नेवित्तिकै तर्सिनुपर्ने अवस्था समेत रहेको भन्दै उनले काम गर्दा प्रकृयागत त्रुटी हुनसक्ने तर त्यसलाई सच्याएर अघि बढ्नुपर्ने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगाएत पत्रकार, विद्यालय, उपभोक्ता समिति, वन समूहका प्रतिनिधिहरूले विभिन्न जिज्ञासा र सुझाव प्रदान गरेका थिए । कार्यक्रममा आयोगको सुर्खेत कार्यालयका शाखा अधिकृत विष्णु प्रसाद न्यौपानेले भ्रष्टाचार र यसका कारण तथा असरहरू, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरू एवं स्थानीय तहलाई आयोगका सुझावहरूका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक गरी मूख्य रूपमा तीन किसिमका रणनीतिक उपायहरूमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि अख्तियारको सुर्खेत कार्यालयले चालु आर्थिक वर्षमा पालिकास्तरमा ३० वटा कार्यक्रम गर्ने लक्ष्य राखेकोमा हाल सम्म छत्रेश्वरी सहित ४ वटा पालिकामा कार्यक्रम सम्पन्न भइसकेको जनाए ।

उनले जिल्ला स्तरमा ५ वटा र प्रदेश स्तरमा एउटा कार्यक्रम गर्ने लक्ष्य रहेको पनि जानकारी दिए । अख्तियारले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । अभिमुखिकरण कार्यक्रममा स्रोतको पारदर्शी र न्यायोचित उपयोग, जनताको सहभागिता, र विभिन्न क्षेत्रमा देखापर्न सक्ने अनियमितताहरूको बारेमा पनि छलफल गरिएको थियो । वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विद्यालय, वन समूह र निर्माण समितिका पदाधिकारीहरू सहभागि कार्यक्रममा सहभागिहरूलाई स्रोतसाधनको सदुपयोग गर्दै सुशासनलाई कायम राख्न र आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि सचेत रहन आग्रह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?