ट्रेंडिंग:

>> स्कलर्स होममा परिक्षाफल प्रकाशन तथा निःशुल्क स्वास्थ्य परीक्षण >> नेपालमा उत्पादित विद्युत भारतपछि बङ्गलादेशतर्फ निर्यात सुरु >> समाजमा देखिएको अराजकता चिर्न जागरण सभा गर्दैछौं- महासचिव पोखरेल >> लायन्स तिलोत्तमा मायादेवीको १२ औ चार्टर एनिभर्सरी, छात्रवृत्ति वितरण तथा सम्मान >> उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन >> काठमाडौँ महानगरको १० नम्बर वडाले शुरु गर्यो मध्यबानेश्वरबाट स्वास्थ्य सेवा >> भारतको दिल्लीमा प्रदुषण बढेपछि जीआरएपी-३ लागु >> स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु >> एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने >> रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो >> नेपालको बिजुली बंगलादेश निर्यात सुरु >> मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध कांग्रेसको अनुसाशन समिति र संसदीय दलमा उजुरी >> राजमार्ग सरसफाई अभियानमा दाङ—रुपन्देही सम्पर्क समाजको हातेमालो >> सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ? >> दीपक राज गिरीको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु >> शनिबारदेखि रुपन्देही डान्स स्टारको चौथो संस्करण हुने >> रवि लामिछानेलाई आज पोखरा लगिदै >> लुम्बिनीः बौद्ध धर्मको उद्गम स्थल र विश्व सम्पदा >> कालिका मानवज्ञान माविद्वारा ९ लाख बराबरको छात्रवृत्ति वितरण >> राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता >> राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दै >> संघीय संसदका चार समितिको बैठक बस्दै >> रवि लामिछानेको बयानमा २३ घण्टामा ७४ प्रश्न >> सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च >> ‘एक पालिका एक हुलाक’ कार्यालय >> दिपल ईभी प्रति क्रेताहरूको बढ्दो आकर्षण >> नेपाली महिला क्रिकेट टिमलाई बधाई >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> फोहोरबाट मोहोर सपनामा मात्रै, ब्यूँझिदा, ह्वास्स दुर्गन्ध >> फूलबारीमा ‘छायाँ दरबार’ >> उखु किसान पलायनमा सरकार सहयोगी >> दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु >> देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु >> नेपालले आज बंगलादेशमा बिजुली निर्यात गर्दै >> समान विकासका लागि विश्वका सभ्यताको आदानप्रदान आवश्यक : इश्वर पोखरेल >> ७० वटा लिखित प्रश्नको जवाफ माग्दै सकियो लामिछानेको बयान >> तीन दिने चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फिर्ता >> स्थानीय सरकार सवलीकरणमा नमूना संसदले भूमिका खेल्दै >> मानव सेवा आश्रमको भवन निर्माण गर्न महायज्ञ >> मायादेवी गाउँपालिकामा कपडा बैंक स्थापना >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> नेपालले बंगलादेशलाई विद्युत बेच्ने बाटो खुल्यो, यो बर्ष शुक्रबार एकदिन मात्र बिक्री गर्ने >> काँग्रेसले कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा चौधरीलाई उम्मेदवार बनाउने >> विश्व मधुमेह दिवसमा साइक्लोथन >> गुरुयोजना अनुसार फुलबारीको पूर्वाधार निमार्णमा जोड >> नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक बन्द >> नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण, डिसेम्बर अन्त्यबाट काम शुरु हुने >> भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा >> न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण

समाजमा देखिएको अराजकता चिर्न जागरण सभा गर्दैछौं- महासचिव पोखरेल

३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।

नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभालाई विधिको शासन र कानुनी राज्यको पक्षमा जनमत निर्माण गर्ने कार्यक्रम भएको बताएको छ ।

नेकपा एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्ने उद्देश्य समेत राखेर कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा हुँदै छ । पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताका बिचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकोले जनजागरण सभाको आयोजना गर्न लागेको जानकारी दिइयो ।

राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पत्रका सम्मेलनमा बोल्दै पार्टी महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको बताउँदै त्यसका लागि समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पारे । जनता असन्तुष्ट छन् भनि गरिएको प्रचारलाई चिर्न जागरण सभा गर्न लागिएको उनले जानकारी दिए । ‘जनता प्रमुख दल प्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिन जरुरी छ, त्यो हिसाबले जागरण सभा गर्दै छौँ’, उनले भने ।

जनताको बिचमा जाने कुरा रक्षात्मक नहुने उनले बताए । राजनीतिक दल सधैँभरि जनताको बिचमा नै जानु पर्ने उनको भनाइ छ । त्यही धारणा अनुसार जनताको बिचमा जाने एउटा माध्यम जागरण सभा भएको पोखरेलले बताए ।

सामाजिक अराजकता प्रवृत्तिकै रूपमा अघि बढेको भन्दै पोखरेलले चिन्ता व्यक्त गरे । यस्तो कुरा विकास र समृद्धिका लागि बाधक हुने उनको भनाइ छ ।

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि छानबिन प्रक्रिया अघि बढ्दा जस्तो प्रकारको गतिविधि भएको छ त्यो कानुनी राजको खिल्ली भएको उनको भनाइ छ । ‘निरन्तर रूपमा योजना बनाएर यस्तो गतिविधि गर्नु उचित कुरा होइन’, पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?