© २०२३
बुटवल, ३० कार्तिक । सामाजिक क्षेत्रका योगदान दिदै आएको रुपन्देहीको लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको १२ औं चार्टर एनिभर्सरीमा विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र लायन्स क्लब अफ बुटवल तिलोत्तमाको संयुक्त डाइरेक्टरि विमोचन, स्थापना दिवसमा छात्रवृत्ति तथा सम्मान कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेश्नल ३२५ नेपाल का डिजि पुरषोत्तमभक्त प्रधानाङले उद्घाटन गर्दै यस क्षेत्रमा लायन्सहरु आफनो कामका कारण बेग्लै पहिचान बनाउन सफल भएको बताए । क्लबमा आवद्ध सदस्यहरु थोरैथोरै रकमबाट समुदायमा महत्वपूर्ण काम गर्न सफल रहेको उनले बताए । विशेषगरि शिक्षा, स्वास्थ्य र आखा उपचारमा लायन्सको योगदान महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा वर्ष २०२३/२०२४ का अध्यक्ष तारा श्रेष्ठले लायन्सबाद समुदायमा सचेतना ल्याउने अभियानका रुपमा चिनिन थालेको बताउदै महिला सशक्तिकरणमा समेत आफुहरु काम गरिरहेको बताईन । प्रत्येक महिनाको अन्तिम मंगलबार क्लब सचिवालय हिलपार्कमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण बुटवल लगायत बुटवल आसपासमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गर्दै आएको उनले बताए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक डिपुटीचेयर प्रभा गौतमले ‘हामी सेवा गछौ’ भन्ने नारासहित स्थापना भएको लायन्स क्लब विश्वभर नै सामाजिक क्षेत्रमा महत्पुर्ण योगदान दिदै आएको बताईन ।
यसैगरि पंच वर्षिक कार्यक्रम अन्तर्गत “लायन्स गाउँ आर्थिक तथा सामाजिक सशक्तीकरण कार्यक्रम“ बुटवल १६ मा रहेको नरैनापुर आधारभुत बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई स्टेशनरी, खाद्यान्न, पोशाक वितरण, खेलकुद सामान, मणिग्रामस्थित जनहित माबिमा अध्ययरत १२ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको कार्यक्रम संयोजक सिता श्रेष्ठले बताईन । यसैगरि क्लबका पूर्व अध्यक्षहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा पिडिजि अर्जुनमान सैजु, जोन चेयर प्रसन नबिन श्रेष्ठ, एक्सटेन्सनचेयरपर्सन अमुल्यमान थैव, लायन्स क्लब अफ तिलोतमाका अध्यक्ष उपेन्द्रमान श्रेष्ठ, लायनेसका क्लबका संस्थापक अध्यक्ष यशोधा थैव, मायादेविको अध्यक्ष सरस्वती अमात्य, क्लबका सचिव सृजना ओझाले ब्यक्तिगत र संस्थागत विकासमा क्लबको योगदानबारे चर्चा गरे ।