© २०२३
कपिलवस्तु ।
कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा लागुऔषधसहित कारोबारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको विशेष सर्च अप्रेशनका क्रममा प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित कारोबारीलाई पक्राउ गरिएको हो ।
मङ्गलबार राति ९ बजे आएको विशेष सूचनाको आधारमा कृष्णनगर प्रहरीले सर्च अप्रेशन चलाएको र कृष्णनगर ३ हनुमानगढीबाट उक्त परिमाणको लागुऔषधसहित स्थानीय १९ वर्षीय सिकन्दर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।
ठूलो मात्रामा लागुऔषध नेपाल भित्रन लागेको सूचनाको आधारमा समूह बनाई प्रहरी परिचालन गरिएको र सोहीअनुसार उपलब्धि हात परेको कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए । पक्राउ परेका चौहानले दिएको जानकारीका आधारमा अन्य स्थानमा समेत लुकाइराखेको लागुऔषध ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ ।
कृष्णनगर प्रहरीले यसअघि पनि ठूलो मात्रामा नेपालमा प्रतिबन्धित औषधिजन्य लागूऔषधसहित कारोबारीहरु पक्राउ गरेको जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी