ट्रेंडिंग:

>> न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> सुरक्षाको घेरामै रविको तेस्रोे दिनको बयान सुरु, आजै सकिने >> ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> धितोपत्र बोर्डको अध्यक्ष छनौट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो >> हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु >> डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने >> ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर ! >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> सिद्धार्थनगरद्वारा कृषकलाई उन्नत गहुँको बीउ बितरण >> बाणगंगाका कृषकलाई अनुदानमा गहुँको बीउ >> विश्व मधुमेह दिवस, सावधानी अपनाऔं >> राष्ट्रिय स्वतन्त्र पार्टीमाथि शंका किन बढ्दैछ ? >> तराईमा लहलह कोदो >> रुन्टीगढी ४ मा चुनावी सरगर्मी बढ्यो >> धानको परालः जलाए प्रदूषण, दान दिए पुण्य >> रवि लामिछानेसँग आज पनि बयान लिइने >> देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : तराईमा हुस्सु लाग्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> रुपन्देहीका ज्ञवालीलाई बिदाई >> नौ घण्टाको बयानमा लामिछानेले दिए बाझिने जवाफ >> प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित युवक पक्राउ >> रास्वपाले छान्यो स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार, को को छन् ? >> धनराज गुरुङसँग सिआइबीले लियो बयान >> नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट >> यूएइले दियो नेपाललाई ८४ रनको चुनौती >> बुटवलमा भित्रदै ‘चिनो नेपाल’ >> नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार >> युएईले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै >> निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग पनि सोधपुछ >> बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं- कुलमान घिसिङ >> कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौं- प्रधानमन्त्री ओली >> १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने >> इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्ध >> करेन्ट लगाइ माछा मार्दा मृत्यु >> जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौँको अवलोकन भ्रमणमा >> करिब ३०७ किलो गाँजासहित कृषि फर्मका संचालक पक्राउ >> कडा सुरक्षाबीच दाेस्राे दिन भैरहवामा रवि लामिछानेकाे बयान जारी >> कोशीमा पनि बन्यो एमाले-कांग्रेसको संयन्त्र >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउदै, मानार्थ महारथी दर्जा प्रदान गरिने >> राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता हुदै >> आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन प्रचण्डको निर्देशन >> कुलमानले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्दै >> राम्रो कामको प्रचार भएन : मन्त्री अधिकारी >> माओवादीबाट कीर्तिपुरको उपनिर्वाचनका उम्मेदवार घोषणा >> बलिवुड फिल्म बाजिगरको सिक्वेल बन्ने >> आज कति छ सुनचाँदीको मुल्य ? >> कोप–२९ मा आज राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्र सञ्चालन गर्दै >> लुम्बिनी र सिचुआन सरकारबिच पर्यटन प्रवद्र्धनमा पहल >> ट्रम्पको जितपछि मस्कलाई फलिफाप: एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए

रवि लामिछानेको रुपन्देहीमा आजपनि बयान हुने

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

भैरहवा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान हुने भएको छ ।

मंगलबार करिब पाँच घण्टा भएको बयान आज विहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुन: शुरु हुने रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ ।

बयान सकिएपछि गएराती लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो ।

मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्विकार गरेका छन् । उनले आफूमाथि लागेको आरोप अस्विकार गर्दै यो विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बयानका क्रममा बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?