ट्रेंडिंग:

>> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> सुरक्षाको घेरामै रविको तेस्रोे दिनको बयान सुरु, आजै सकिने >> ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> धितोपत्र बोर्डको अध्यक्ष छनौट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो >> हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु >> डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने >> ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर ! >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> सिद्धार्थनगरद्वारा कृषकलाई उन्नत गहुँको बीउ बितरण >> बाणगंगाका कृषकलाई अनुदानमा गहुँको बीउ >> विश्व मधुमेह दिवस, सावधानी अपनाऔं >> राष्ट्रिय स्वतन्त्र पार्टीमाथि शंका किन बढ्दैछ ? >> तराईमा लहलह कोदो >> रुन्टीगढी ४ मा चुनावी सरगर्मी बढ्यो >> धानको परालः जलाए प्रदूषण, दान दिए पुण्य >> रवि लामिछानेसँग आज पनि बयान लिइने >> देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : तराईमा हुस्सु लाग्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> रुपन्देहीका ज्ञवालीलाई बिदाई >> नौ घण्टाको बयानमा लामिछानेले दिए बाझिने जवाफ >> प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित युवक पक्राउ >> रास्वपाले छान्यो स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार, को को छन् ? >> धनराज गुरुङसँग सिआइबीले लियो बयान >> नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट >> यूएइले दियो नेपाललाई ८४ रनको चुनौती >> बुटवलमा भित्रदै ‘चिनो नेपाल’ >> नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार >> युएईले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै >> निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग पनि सोधपुछ >> बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं- कुलमान घिसिङ >> कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौं- प्रधानमन्त्री ओली >> १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने >> इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्ध >> करेन्ट लगाइ माछा मार्दा मृत्यु >> जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौँको अवलोकन भ्रमणमा >> करिब ३०७ किलो गाँजासहित कृषि फर्मका संचालक पक्राउ >> कडा सुरक्षाबीच दाेस्राे दिन भैरहवामा रवि लामिछानेकाे बयान जारी >> कोशीमा पनि बन्यो एमाले-कांग्रेसको संयन्त्र >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउदै, मानार्थ महारथी दर्जा प्रदान गरिने >> राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता हुदै >> आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन प्रचण्डको निर्देशन >> कुलमानले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्दै >> राम्रो कामको प्रचार भएन : मन्त्री अधिकारी >> माओवादीबाट कीर्तिपुरको उपनिर्वाचनका उम्मेदवार घोषणा >> बलिवुड फिल्म बाजिगरको सिक्वेल बन्ने >> आज कति छ सुनचाँदीको मुल्य ? >> कोप–२९ मा आज राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्र सञ्चालन गर्दै >> लुम्बिनी र सिचुआन सरकारबिच पर्यटन प्रवद्र्धनमा पहल >> ट्रम्पको जितपछि मस्कलाई फलिफाप: एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए >> रवि लामिछानेको रुपन्देहीमा आजपनि बयान हुने

‘घुम्न जाउँ बर्दिया’ अभियान स¥यो

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

लमही, २८ कार्तिक ।
बर्दिया जिल्लाको पर्यटन प्रवर्धनका लागि लुम्बिनी प्रदेश सरकारले आयोजना गर्न थालेको ‘घुम्न जाउँ बर्दिया’ अभियानको मिति सारिएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कात्तिक २९ मा बर्दियामा यो कार्यक्रमको शुभारम्भ गर्ने गरि तयारी थालेको थियो । तर बर्दियामा पनि स्थानीय तह उपनिर्वाचन हुने भएकाले यो मितिमा कार्यक्रम आयोजना गर्न नसकिएको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले जानकारी दिए । बर्दियाको ठाकुरबाबा वडा नम्बर ४ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ ।

उपचुनाव मंसिर १६ गते तोकिएको छ । आगामी २९ गते हुने भनिएको अभियान उद्घाटन अब आगामी मंसिर २१ मा गरिने भएको छ । सोमबार बर्दियाका स्थानीय तह, सरोकार वाला पक्ष र लुम्बिनी प्रदेश पर्यटन परिषद विच अभियान उद्घाटन कार्यक्रम बारे छलफल गरिएको थियो । छलफलमा उपनिर्वाचनका कारण कार्यक्रम आयोजना गर्न समस्या हुने देखिएकाले कार्यक्रमको मिति उपचुनाव पश्चात गरिनुपर्ने सुझाव आएको थियो । सोही सुझावका आधारमा आगामी मंसिर २१ गते कार्यक्रम आयोजना गर्ने निर्णय भएको पर्यटन परिषदका कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए ।

प्रदेशको पर्यटन प्रवर्धन गर्ने लक्ष्य सहित प्रदेश सरकारले यो बर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको हो । बर्दियाका पर्यटकीय स्थलहरूको प्रचार प्रसार गरेर बाह्य पर्यटकहरूलाई बर्दिया जिल्लामा जाने वातावरण निर्माण गर्ने गरि मन्त्रालयले बर्षभरी प्रचारात्मक कार्यक्रम गर्ने छ । बर्दियाको प्रमख आकर्षण त्यहाँ रहेका बाघको दृश्यावलोक हो । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ हेर्नका लागि परिचित थलो हो । यसैगरि डल्फीन, कृष्णसार लगाएतको अवलोकन बर्दियाका थप आकर्षण हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?