ट्रेंडिंग:

>> आयोजक खस्यौली रेडको विजयी शुरुवात >> पाेखरालाई ६ विकेटले हराउँदै काठमाण्डाैकाे प्लेअफ सम्भावना बलियाे >> पत्रकार महासंघ निर्वाचनः यस्तो आयो लुम्बिनीका १२ जिल्लाको परिणाम >> जिलिको जिक्कर एक्स रुपन्देहीमा लन्च >> स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल शुरु >> नेवाः दय् दबू बुटवलमा नया नेतृत्व >> गुरुको समीपमा >> बुटवल तिनाउ पुलको डिभाइडरमा बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा दम्पत्तीसहित ३ को मृत्यु >> प्रतापपुरमा आधारभूत तह ‘पूर्ण निःशुल्क’ >> पत्रकार महासंघ रुपन्देहीमा चौतारी र युनियनको संयुक्त प्यानल विजयी, अध्यक्षमा दिनेश पाण्डे >> प्रदेश सरकारमा कर्मचारी अभावः लुम्बिनीमा आधा कर्मचारी कामचलाउ >> गुल्मीमा गाडी दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती र छोरासहित ५ जना घाइते >> त्रिभुवन विमानस्थलमा निर्माण कार्यको समय परिवर्तन, ८ घन्टा मात्र बन्द रहने >> नेपालको विद्युत् प्रणाली सुदृढ, नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा >> पुष्पाः २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने >> बसिर अहमदको अर्धशतकमा विराटनगरको शानदार जित >> राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री >> राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि नयाँ राजदूतको नियुक्ति >> प्रधानमन्त्री ओली भारत भ्रमणको आन्तरिक तयारीमा >> घुस लिएको आरोप पुष्टि भएपछि चीनका पूर्व फुटबल प्रशिक्षक जेल चलान >> माओवादीको बैठक पुस २१ गतेका लागि सर्यो >> अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल >> अपडेटः हैदाराबादवाट पुष्पाः २ अभिनेता अल्लु अर्जुन पक्राउ, प्रहरी चाैकी पुर्याइयाे >> ब्यवस्था परिवर्तन भएसँगै बिकास पनि बढेको छः उपप्रधानमन्त्री सिंह >> अण्डाको मूल्य वृद्धि: नयाँ दर लागू >> श्रीलङ्कामा नेपाली राजदूतको लागि नियुक्ति सिफारिस, उजुरीको अवसर >> नेकपा माओवादीको स्थायी कमिटी बैठक सुरू >> मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड ५ दिन अवरुद्ध, यातायात बन्द हुने >> वायुसेवा सञ्चालक संघको निर्णय: खुम्बु क्षेत्रमा हेलिकप्टर उडान निरन्तरता दिने >> ट्रम्पको परफ्युम विज्ञापनमा बाइडेनकी श्रीमतीको तस्बिर !! >> एउटा यस्ताे जापानी वाइन, जाे युनेस्कोमा सम्पदामा छ सुचिकृत >> जब एक बालकले आमाको प्रेमीको बन्दुकबाट आमालाइ नै  गोली हाने >> क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैंमा >> सुनको मुल्य १ हजार बढीले घटयो >> नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री >> कर्णाली याक्सले दिएकाे १२९ रनको लक्ष्य पछयाउँदै लुम्बिनी >> सामुदायिक वन समूह समस्यामा, तीन तहका सरकारबीच समन्वयको अभाब  >> बेलायतमा हाडा नाता बिहेवारी बढे पछि प्रतिबन्ध लगाउन माग >> एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका बापत १५०० शैक्षिक सामग्रीको वितरण गर्ने पक्का >> सडक निर्माणमा ढिलासुस्ती नगर >> रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पूजा >> एउटै नगरमा २७ सडक >> नेपाल पत्रकार महासङ्घको चुनाव आज >> माैसम पूर्वानुमान : काठमाडौँ उपत्यका र तराईमा हुस्सुको सम्भावना >> एनपीएल : लुम्बिनीविरुद्ध कर्णाली र विराटनगरविरुद्ध चितवन प्रतिस्पर्धामा >> कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै >> पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष ढकाल निरविरोध सदस्यमा घर्ती अध्यक्षमा ३ जनाको उम्मेद्बारी >> प्रसाइलाइ धरौंटीमा रिहा गर्न अदालतको आदेश >> एनपिएल क्रिकेट : काठमाण्डौलाई हराउँदै जनकपुर बोल्टस् प्लेअफ टोलीमा >> अब दिल्लीका महिलाले मासिक २१ सय पाउने छन्ः केजरीवाल

रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लिएर जान लागेको विमान पोखरा विमानस्थलबाट उडेको छ ।

यस अघि करिब एक घण्टा उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकुल नभएपछि फेरी विमानस्थलको विशेष कक्षमा लागिएको थियो । तर केहीबेर अघि भैरहवाको मौसम अनुकुल हुनासाथ विमान उडेको हो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही लैजान लागेको हो ।

लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?