ट्रेंडिंग:

>> नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार >> युएईले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै >> निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग पनि सोधपुछ >> बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं- कुलमान घिसिङ >> कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौं- प्रधानमन्त्री ओली >> १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने >> इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्ध >> करेन्ट लगाइ माछा मार्दा मृत्यु >> जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौँको अवलोकन भ्रमणमा >> करिब ३०७ किलो गाँजासहित कृषि फर्मका संचालक पक्राउ >> कडा सुरक्षाबीच दाेस्राे दिन भैरहवामा रवि लामिछानेकाे बयान जारी >> कोशीमा पनि बन्यो एमाले-कांग्रेसको संयन्त्र >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउदै, मानार्थ महारथी दर्जा प्रदान गरिने >> राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता हुदै >> आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन प्रचण्डको निर्देशन >> कुलमानले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्दै >> राम्रो कामको प्रचार भएन : मन्त्री अधिकारी >> माओवादीबाट कीर्तिपुरको उपनिर्वाचनका उम्मेदवार घोषणा >> बलिवुड फिल्म बाजिगरको सिक्वेल बन्ने >> आज कति छ सुनचाँदीको मुल्य ? >> कोप–२९ मा आज राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्र सञ्चालन गर्दै >> लुम्बिनी र सिचुआन सरकारबिच पर्यटन प्रवद्र्धनमा पहल >> ट्रम्पको जितपछि मस्कलाई फलिफाप: एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए >> रवि लामिछानेको रुपन्देहीमा आजपनि बयान हुने >> सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग >> ‘घुम्न जाउँ बर्दिया’ अभियान स¥यो >> रेसुङ्गामा श्रद्धालुहरूको घुइँचो >> बढ्दो सडक दुर्घटना नियन्त्रण गर >> शक्तिको दुरूपयोगले देशमा संकट नआओस् >> बुटवल–नारायणगढ सडकः स्थानीय सरकारले मागे संघीयसँग गुहार >> १८ वर्षे तुल बहादुरः यसरी बने राष्ट्रिय खेलाडी >> यान्त्रीकरण किसानलाई ‘बरदान’ >> २२ बर्षदेखि जंगुको जीवन पर्खिदै फिरिया >> एशिया कपअघि नेपाली युवा टोलीले कर्नाटकको टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दै >> १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै >> आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात >> मध्यवर्ती क्षेत्रमा बढी होहल्लाका कारण बस्तीमा पस्यो गैंडा >> नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तव्य >> अनुसन्धानको पाटोलाई सरकारले उपेक्षा गरेको आरोप >> अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको प्रस्तुतिः बुद्ध सर्किटमा मोनोरेल र नमुना राजधानीका लागि विदेशी लगानीको आह्वान >> बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध रिट दायर >> महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन >> पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति >> रवि लामिछानेको प्रतिक्रिया- ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’ >> अदालतका दुई कर्मचारी घुससहित पक्राउ >> कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु >> वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ >> फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ? >> धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री ओली >> नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार

बाणगंगामा कांग्रेसको ‘पालिका संवाद’ 

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार
चारनम्बर, २६ कार्तिक ।
 नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितिले पालिका संवाद कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बरसिंह पुन समक्ष पार्टीका कार्यकर्ताले प्रश्न र सुझाव राखेका थिए । उनीहरूले पार्टी आफ्नै बलमा चुनाव लड्नुपर्ने, पार्टीप्रतिको आक्रोस कम गर्ने कार्यक्रम ल्याउनुपर्ने, पार्टी सरकारमा हुँदा जनअपेक्षा अनुसार काम गर्न नसकेको, पार्टीको अन्तरिक द्वन्द्व व्यवस्थापन, भ्रष्टाचार, चुनावमा उम्मेदवार हुने अवसर लगायतका विषय उठान गरेका थिए ।
कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बरसिंह पुनले अब नेपाली कांग्रेस चुनावमा एक्लै जाने जिकिर गरे । उनले विगतमा केन्द्रको निर्देशन अनुसार आवश्यकताका आधारमा विभिन्न पार्टीसँग गठबन्धन गरिएको स्मरण गरे । उनले पार्टीप्रति ईमान्दार, योगदान गरेको र क्षमतावान कार्यकर्तालाई प्राथमिता दिई विभिन्न अवसर दिने गरेको दाबी गरे । उनले पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन आजको आवश्यकता भएको बताए । उनले द्वन्द्व व्यवस्थापन भए आम चुनावमा बहुमत हासिल गर्न सहज हुने बताए । उनले कार्यकर्तालाई कांग्रेसलाई ८४ को चुनावबाट बहुमत दिलाउने गरि आजैबाट लाग्न निर्देशन दिए ।
नेपाली कांग्रेस बाणगंगाका सभापति विष्णु थापा, पार्टी प्रदेश महामन्त्री तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्य, पूर्वराजदुत दिपकुमार उपाध्याय, जिल्ला सभापति अब्दुल कलाम, प्रदेश सदस्य रुक बहादुर भुसाल, जिल्ला सचिव शक्ति सिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो ।गोविन्द आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा पार्टीका टोल समिति, वडा समिति, नगर समिति, प्रदेश समिति, महाधिवेशन महासमिति लगायत नगर भित्रबाट क्षेत्र, जिल्ला लुम्बिनी प्रदेश, केन्द्र तहसम्म प्रतिनिधित्व गर्ने सबै नेताहरू उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुनले केही महिनायता कपिलवस्तुसहित प्रदेशका १२ वटै जिल्लाका प्रत्येक पालिकामा पुगेर ‘पालिका संवाद’ कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?