© २०२३
काठमाडौं, २२ कार्तिक ।
नेपालमा डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कार्तिक यता संक्रमण घट्दै गएको बताए । सरकारले डेंगीको संक्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२औं हप्ताबाट डेंगी संक्रमण घट्न थालेको हो ।