ट्रेंडिंग:

>> १८ वर्षे तुल बहादुरः यसरी बने राष्ट्रिय खेलाडी >> यान्त्रीकरण किसानलाई ‘बरदान’ >> २२ बर्षदेखि जंगुको जीवन पर्खिदै फिरिया >> एशिया कपअघि नेपाली युवा टोलीले कर्नाटकको टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दै >> १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै >> आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात >> मध्यवर्ती क्षेत्रमा बढी होहल्लाका कारण बस्तीमा पस्यो गैंडा >> नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तव्य >> अनुसन्धानको पाटोलाई सरकारले उपेक्षा गरेको आरोप >> अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको प्रस्तुतिः बुद्ध सर्किटमा मोनोरेल र नमुना राजधानीका लागि विदेशी लगानीको आह्वान >> बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध रिट दायर >> महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन >> पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति >> रवि लामिछानेको प्रतिक्रिया- ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’ >> अदालतका दुई कर्मचारी घुससहित पक्राउ >> कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु >> वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ >> फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ? >> धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री ओली >> नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार >> दीपक मनाङे जेल चलान >> नागढुङ्गाबाट सुनसहित एक भारतीय पक्राउ >> अवैध लागूऔषधसहित पक्राउ >> दीपक मनाङेलाई जिल्ला अदालतमा पेश, आजै कारागार चलान हुने >> नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित >> कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज >> रास्वपाका पदाधिकारी र सांसदविरुद्धको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश >> रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान लिन शुरु >> बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय >> स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार बन्न कस्तो योग्यता चाहिन्छ ? >> अखिल तिलोत्तमाको अक्षयकोष निर्माण अभियान >> कप्तान पुजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य >> सवारी दुर्घटना न्युनीकरण गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन >> लामिछानेलाई भैरहवा ल्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन >> रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो >> रवि लामिछाने पोखरा विमानस्थलमै, भैरहवाको मौसम प्रतिकुल हुदा उडान हुन सकेन >> बुटवलमा प्रिमियम र स्मार्ट नामी इभी गाडी सार्वजनिक >> फिल्म ‘कार्साङ’ मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक >> सुन तोलाको २४ सयले घट्यो >> नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा पाँच अभ्यास खेल खेल्ने >> भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू >> दीपक मनाङे पक्राउ >> लाल आयोगको प्रतिवेदनमा के छ ? >> ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी >> काठमाडौँ महानगरले सामुदायिक विद्यालयका विद्यार्थीलाई १६ खेलमा प्रशिक्षण दिने >> माओवादीको विरोध सरकारमा नहुनुको छटपटी हो- प्रधानमन्त्री ओली >> एकादशीमा गुल्मी र पाल्पाका पालिकामा बिदा >> रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक व्यवस्थापनमा चुनौति >> पर्यटकहरूमाथि हुने सास्ती रोकियोस् >> कता गैरहेको छ, शिक्षामा भएको लगानी ?

एक वर्षलाई पुजारी

२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

प्यूठान, २२ कार्तिक ।
प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारा स्थित मगरहरूले एक वर्षका लागि पुजारी छनौट गरेका छन् । रजवारा गाउँमा वर्षभरी हुने पुजाहरू, धार्मिक स्थल झाक्रि ढुङ्गाको पूजाका लागि प्रत्येक वर्षको कात्तिक २० गते पुजारी छनौट गरिने चलन छ ।
गाउँका सुतपहरे पुनमगरहरूको नेतृत्वमा राम्जाली घर्ति, बैजाली घर्ति र तिर्के पुनमगरबाट पुजारी छनौट गरी पुजाआजाको परम्परा धान्दै आएको स्थानीय मनोज पुनमगरले जानकारी दिए । उनका अनुसार २० गतेसम्मका सबै पुजाआजाका काम स्थानीय प्रमुख पुजारी ओम बहादुर घर्ति र सहायक अमृत घर्र्ति (धार चलाउने) ले गर्दै आएकोमा मंगलवार देखि नयाँ पुजारीले जिम्मा लिएका छन् । स्थानीयहरूको छलफलबाट पुजारी छनौट गरी बाजाले सम्मान गरी नयाँ पुजारी छनौट गर्ने प्रचलन रहेको छ । यस वर्षको प्रमुख पुजारीमा नारायण पुनमगर र सहायक पुजारीमा भविराम घर्तिमगरलाई छनौट गरिएको हो ।
पुजारीले रजवारामा मंसिर पहिलो हप्ताको मंगलवार हुने भुमे पुजा सहित सिमको देवाली, पातिहाल्ना देवाली, दहवसे देवाली, झाक्रिढुङ्गाको पुजा गर्नु पर्ने हुन्छ ।
देवालीमा पाँच छाक नुन नखाने, फलफुल खाएर जानु पर्ने, झाक्रिढुङ्गा पुजा दुई दिन अघिदेखि नुन वार्नु पर्ने मान्यता रही आएको स्थानीयहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?