ट्रेंडिंग:

>> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक

लापत्ता सन्तान: वृद्धाश्रम पुगेकी आमाको कथा

२१ कार्तिक २०८१, बुधबार
२१ कार्तिक २०८१, बुधबार

बुटवल, २१ कार्तिक ।
युट्युबमा सावर्जनिक भएको सर्ट फिल्म लापत्ता सन्तानले पछिल्लो समयमा मानिसको मन जित्दै गएको छ । २० मिनेट ३५ सेकेन्डको छोटो फिल्म ‘लापत्ता सन्तान’मा सन्तानका लागि बाआमाको संघर्ष र वृद्ध अवस्थामा उनीहरूले आश्रम पु¥याउने दर्दनाक अवस्थाको चित्रण गरिएको छ । फिल्मका निर्देशक रामजी ज्ञवाली हुन्। फिल्मको कथा पनि उनले नै लेखेका हुन् । लगानी पनि उनकै हो। जल्दोबल्दो सामाजिक परिवेशलाई मुख्य कथावस्तु बनाइएको फिल्म ‘लापत्ता सन्तान’ ओएसआर डिजिटल युट्युब च्यानलमार्फत केही दिनअघि सार्वजनिक गरिएको थियो । कथा वर्तमान समय र यथार्थ घटनामा बनेको भन्दै दर्शकले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

फिल्ममा आमाको भूमिकामा रश्मी भट्ट छिन् । अन्य कलाकारहरूमा ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, नीलम भट्ट र मनीष प्रीतम निरौलाको अभिनय छ । फिल्म नीरज कँडेलको छायांकन र नहकुल खड्काको सम्पादनमा बनेको छ । फिल्म सार्वजनिक भएपछि प्राप्त फिडब्याकले फिल्म बनाउनुको उद्देश्य सफल भएको निर्देशक ज्ञवालीले बताए ।

लामो समयको पत्रकारितापछि फिल्म मेकिङमा लागेका ज्ञवालीले अहिलेसम्म डार्क मुन, आराध्या, एक लभर, हनिमुन लगायतका प्रोजेक्ट बनाइसकेका छन् । उनले निर्माण गरेर विभिन्न फेस्टिभल तथा विशेष शोमा गएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ सार्वजनिक हुन बाँकी छ । उनी अहिले युवाहरूमा देखिने एक स्वास्थ्य समस्यालाई लिएर ‘साइलेन्स टुर’ निर्माण गर्दै छन् । व्यस्त जीवनशैलीका कारण आजकाल धेरैसँग पर्याप्त समय नहुने भएकाले सर्ट फिल्म हेर्ने चलन बढेको र यसलाई एउटा कल्चरको रूपमा बढाउने गरी आफू सर्ट भिडियो निर्माणमा व्यस्त रहेको निर्देशक ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?