ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

नेतृत्वबिहीन हुँदा कर्णालीका संसदीय समिति निष्क्रिय

२० कार्तिक २०८१, मंगलवार
२० कार्तिक २०८१, मंगलवार

सुर्खेत, २० कात्तिक ।

कर्णाली प्रदेश सभा अन्तर्गतका संसदीय समिति निष्क्रिय बनेका छन् । समितिहरु नेतृत्वविहीन हुँदा निष्क्रिय भएका हुन् । प्रदेशसभामा चारवटा समितिहरु मध्ये प्रदेश मामिला समिति बाहेक अन्य समिति नेतृत्वविहीन छन् । जसका कारण संसदीय समितिहरु काम गर्न सकिरहेका छैनन् ।

सामाजिक विकास समितिका तत्कालीन सभापति घनश्याम भण्डारी साउन २० मा सामाजिक विकासमन्त्री बनेपछि उक्त समिति पनि सभापतिविहीन छ । असार दोस्रो साता नेकपा एमाले र नेपाली कांग्रेसबिच गठबन्धन बनेपछिको सरकारमा विभिन्न समितिका सदस्य मन्त्री बनेपछि संसदीय समिति समेत पूर्ण बनेका थिएनन् । यद्यपि अहिले दलहरूले सबै समितिमा सदस्यहरूको नाम पठाइसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । सरकारलाई जवाफदेही बनाउनुको साथै विधि र प्रक्रिया अनुसार काम गर्ने जिम्मेवारी सदनको हुन्छ ।

यस्तै सदन नचलेको बेला सरकारका काम कारबाहीमाथि निगरानी राख्ने, जनचाहना अनुसार काम गर्न सरकारलाई निर्देशन दिने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्नु लगायतको प्रमुख कार्य जिम्मेवारी संसदीय समितिले गर्नुपर्ने हुन्छ । तर, लामो समयदेखि समितिहरु नेतृत्वविहीन हुँदा यी कामहरु हुन सकेका छैनन् । संसदीय समितिहरू सक्रिय नहुँदा कतिपय विधेयक लामो समयदेखि समितिमै अड्किएका छन् ।

प्रदेशसभाका चारवटा समिति मध्ये अर्थ तथा प्राकृतिक स्रोत समितिका तत्कालीन सभापति दुर्गबहादुर रावत ०८० वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएपछि उक्त समिति नेतृत्वविहीन बनेको छ । यस्तै सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले असोज १५ गते राजीनामा दिइसके । प्रदेश सभा सचिवालयका अनुसार लेखा समिति प्रमुख प्रतिपक्ष दलले पाउने प्रचलन भएकाले नेकपा एमाले सत्तामा आएसँगै उनले राजीनामा दिएका हुन् । प्रदेश मामिला समितिको सभापतिमा भने नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का छिन् ।

लामो समयदेखि समितिका सभापति चयन नहुँदा बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयका शाखा अधिकृत राजेन्द्र पौडेलले बताए । ‘सभा नचलेको बेला सरकारलाई जिम्मेवार बनाउने जस्ता थुप्रै कामहरु हुनुपर्ने हो त्यो हुन सकेको छैन’ पौडेलले भने, ‘समितिभित्रका पदाधिकारीमध्ये जेष्ठ सदस्यले नेतृत्व गरेर बैठक बसाल्न मिल्ने कानुनी प्रावधान त छ तर, त्यसरी बैठक बसेको अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?