© २०२३
काठमाडौँ ।
देशभर २८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण फैलिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो।
देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ।
सात प्रदेशमध्ये गण्डकी प्रदेश डेंगीको उच्च जोखिममा देखिएको छ। ११ जिल्ला रहेको गण्डकी प्रदेशमा १३ हजार ८ सय ९८ जनामा संक्रमण फैलिइसकेको छ।
देशभरका कूल संक्रमितमध्ये झन्डै आधा (४९.३ प्रतिशत) संक्रमित गण्डकी प्रदेशमै छन्।
गण्डकी प्रदेशको कास्की जिल्लामा मात्रै ७ हजारभन्दा धेरै संक्रमित छन्। यस जिल्लामा ७ हजार १ सय ६१ जनामा डेंगी संक्रमण देखिएको हो।
गण्डकीपछि बागमती प्रदेशमा धेरै संक्रमण देखिएको छ। बागमती प्रदेशमा ९ हजार १ सय ३२ जनामा संक्रमण फैलिएको छ।
यसैगरी कोसी प्रदेशमा १७ सय ४२, लुम्बीनीमा १४ सय ४५ र सुदूरपश्चिममा ११ सय ८९ जनामा संक्रमण देखिएको छ।
मधेस र कर्णाली प्रदेशमा सबैभन्दा कम संक्रमित छन्। मधेस प्रदेशमा ४ सय ८७ र कर्णालीमा ३ सय १९ जनामा यसको संक्रमण देखिएको छ।
धेरै संक्रमण देखिएका १० जिल्लामा कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर, चितवन, बागलुङ, गोरखा, भक्तपुर र कैलाली छन्।
यी दस जिल्लामध्ये कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर, चितवन गरी ६ जिल्ला उच्च जोखिममा छन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी