ट्रेंडिंग:

>> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

तिहार पर्वमा मुख्यमन्त्रीको सन्देशः सामूहिक हितका लागि गरिने कामलाई प्रोत्साहन गरौं

१८ कार्तिक २०८१, आईतवार
१८ कार्तिक २०८१, आईतवार

दाङ, १८ कात्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताएका छन् ।

तिहार पर्व २०८१ को अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने बताएका छन् ।

तिहारको अवसरमा देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउने बताउदै उनले चाडपर्वमा देखापर्ने विकृति, विसङ्गतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामहरुलाई प्रोत्साहन गर्न जरुरी रहेकोमा जोड दिएका छन् । ‘तिहारलाई उज्यालो पर्वको रुपमा पनि लिने गरिन्छ । सत्य र न्यायको पक्षमा उभिन समेत प्रेरित गर्ने गरेको छ । तिहारले मानव, प्रकृति र पशुपंक्षीबीचको सन्तुलनलाई सम्मान गर्छ । यस प्रकारका प्रयासले प्रदेशमा सामाजिक एकता, पर्यावरण संरक्षण र दिगो विकासको पक्षलाई बलियो बनाउन मद्दत गर्दछ’ शुभकामना सन्देशमा भनिएको छ, ‘कृषि, पशुपालन, आर्थिक उपार्जन, उद्यम विकास लगायतसँग यसप्रकारका पर्वहरुको सम्बन्ध गाँसिएका हुन्छन् ।’

यस्तै मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को प्रमुख आकांक्षा पूरा गर्न प्रदेश सरकारले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको बताएका छन् । ‘हाम्रा परम्पराहरु समाज विकाससँग जोडिएका छन् । चाडपर्वका मूल्य मान्यताहरु अनुशासनसँग जोडिएका छन् । तसर्थ प्रदेश सरकारले समाज रुपान्तरण, समाज परिवर्तनका क्षेत्रमा नवीनतम अभ्यासहरुलाई प्रोत्साहन गर्दै आएको छ’ सन्देशमा भनिएको छ ‘चाडपर्वमा देखापर्ने विकृति, विसङ्गतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामहरुलाई प्रोत्साहन गर्न जरुरी छ ।’

कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ । यमपञ्चक समेत भनिने तिहार पर्वमा काग, कुकुर, गाई, गोरूलगायत पशुपंक्षीका साथै धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा र दिदीबहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?