© २०२३
बुटवल, १७ कार्तिक । नेपाल सम्वत ११४५ को उपलक्ष्यमा नेवा देय दबु तिलोत्तमा नगर समितिको आयोजनामा न्यु दया भिन्तुना रयाली गरिएको छ । कार्यक्रमको एक समारोहका बिच पुर्व जिल्ला प्रशासन प्रमुख शेखर प्रधानले शंखध्वर साख्वाको तस्विरमा टिका र माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गरे । भाषा, संस्कृतिको संरक्षणमा नेवा समुदायको अभियान महत्वपुर्ण भएको भन्दै यसमा सरकारबाट पर्याप्त सहयोग जरुरी रहने उनले बताए ।
कार्यक्रममा तिलोत्तमा नगर अध्यक्ष विष्णु बहादुर श्रेष्ठले संस्कृतिमा नेवार समुदाय धनि जाती भएको भन्दै नया पुस्तालाई भाषा र संस्कृति सिकाउने गरि आगामी दिनमा कार्यक्रम गर्ने बताए । तिलोत्तमानगरपालिकास्थित ४ नम्बर समितिको कार्यालय परिसरबाट शुभारम्भ भएको रयाली मणिग्राम चोक, १० नम्बर चोक, योगिकुटी हुदै पुनः कार्यालय परिसरमा समापन गरिएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरका विभिन्न खलपुचका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको समितिका सचिव तथा कार्यक्रम संयोजक दिपेश कुमार अमात्यले बताए ।
तिलोत्तमा नगरमा नेवा समुदायहरुबाट सचेतनामुलक मोटरसाईकल रयाली पहिलो पटक गरिएको सहसंयोजक दिनेश कक्षपतिले बताए ।