ट्रेंडिंग:

>> सर्भरमा समस्या आउँदा डिस्चार्ज भएका बिरामी अस्पतालमै  >> देवकोटा जयन्ती तथा प्रतिभा संगम कार्यक्रम >> फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्याली >> नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ- प्रचण्ड >> आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ? >> कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुना मुक्त >> नेपाल सम्वत ११४५ को स्वागतमा बुटवलमा विविध कार्यक्रम हुने >> अवैध लागूऔषध सहित पाँच जना पक्राउ >> मुम्बई इण्डियन्सले रिटेन गर्यो पाँच खेलाडी >> बंगलादेशविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाको क्लीन स्वीप >> तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ? >> साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ >> विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुदै >> रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने >> साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा >> उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण >> स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो >> अर्जुन कपुरले गरे मलाइकासँग ब्रेकअपको पुष्टि >> सरकारी अस्पतालमा बालबालिका जन्मिनासाथ अपांगतासहित चार स्वास्थ्य परीक्षण अनिवार्य >> निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको आरोपबाट सफाई >> उज्यालो र झिलिमिली बत्तीको चाड तिहार >> प्लाष्टिक माला : नगरमा बन्द, गाउँमा खुला >> सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान, तोलाको एक लाख ७१ हजार >> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

काठमाडौँ ।

बाँके, डुडुवा गाउँपालिका-५ कम्दी बस्ने ३२ वर्षीय रामचन्द्र बर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकट्टी कम्दीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चाँदनी खाजा घर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख दुल्लु नगरपालिका-५ बस्ने १९ वर्षीय गणेश नेपाली र  भारत बहराइच थाना रूपैडिया बस्ने २७ वर्षीय सिरताज घोसी रहेका छन् ।  इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सन्ध्या होटल अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही उपमहानगरपालिका-१५ मिलनचोक बस्ने २९ वर्षीय बलराज घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.२ ह १६०९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक घिमिरेलाई पक्राउ गरेको हो ।

अछाम, साँफेबगर नगरपालिका-३  टोटासाल बस्ने ५८ वर्षीय पुरन कुँवरलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनले संचालन गरेको मिलन किराना पसलबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?