© २०२३
सुनवल, १३ कार्तिक ।
चेतनाको अभाव र लापरवाहीका कारण पश्चिम नवलपरासीका किसानहरूले धान काटेपछि खेतमा आगो लगाउँदा उर्वराशक्ति ह्रास हुने खतरा बढेको छ । मेसिनको प्रयोग गरी धान काटेपछि किसानहरूले खेतमा बाँकी रहेको धानको पराल जलाउन आगो लगाउने गर्दछन् । किसानहरूलाई सेचत गराउँदै आएपनि खेतमा आगो बाल्ने क्रम नरोकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खेतमा आगो लगाउँदा माटोलाई फाईदा पु¥याउने जिवाणु समेत नष्ट हुने र उर्वरा शक्तिमा ह््रास आउने कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले बताए ।
कम्पाईन मेसिनले धान काट्दा धेरै पराल खेतमै छोडिने भएकाले किसानहरूले खेत सफा राख्न आगो लगाउने गरेका छन् । आगो लगाउँदा माटोमा भएको उर्वरा शक्ति वृद्धि हुने भ्रम किसानमा रहेको बताउँदै ज्ञानकेन्द्र प्रमुख चौवेले आगो लगाउँदा उल्टो माटोको उत्पादन क्षमता घटन् र वातावरणमा समेत असर पर्ने बताए ।
आगो नलगाउन स्थानिय तह, ज्ञान केन्द्र लगायत विभिन्न निकायले सचेत गराउदै आएपनि प्रभावकारी सचेतनाका कार्यक्रम हुन नसक्दा आगो लगाउने क्रम रोकिएको छैन् । आगो लगाउने क्रम बढे संगै अहिले वातावरणमा समेत नकारात्मक असर परेको छ । आँखा चिलाउने, पिरो हुने लगायतका समस्या वायु प्रदुषणसंँगै देखिन थालेको छ । अहिले प्राय किसानले कम्पाईनको सहायतले धान काट्ने र खेतमा बाँकि रहेको पराल जलाउन आगो लगाउँदा वायुमण्डलमै असर परिरहेको छ । किसानले गहुँ र धान खेति भित्र्याएपछि खेतमा आगो लगाउने गरेका छन् । किसानहरूले खेतमा आगो नलगाउन भन्नका लागी पछिल्लो समय स्ट्र रिपर नामक पराल काट्ने मेसिनको प्रयोग गर्न सुझाव दिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।