ट्रेंडिंग:

>> हुण्डी कारोबार गर्ने तीनजना रुपन्देहीबाट पक्राउ >> कर्णालीका कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिने >> थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’ >> रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते >> रुखले च्यापिएर १४ वर्षीया बालिकाको मृत्यु >> षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’ >> लुम्बिनीमा पिकअप र कार ठोक्किदा २ जनाको मृत्यु >> उपेन्द्र यादवले भने, ‘भूमि सबन्धी विधेयकको विरोध रहन्छ’ >> ४३.१ प्रतिशत विद्यालयहरूमा मात्र इन्टरनेट पहुँच >> १९ वर्षमुनिको साफ फुटबल: सेमिफाइनलमा नेपाल आज बङ्गलादेशसँग भिड्दै >> विद्युत अवरुद्धपछि प्राधिकरणको स्पष्टीकरण : “चिन्ता लिनु पर्ने अवस्था छैन” >> गभर्नर नियुक्तिमा चलखेल भइरहेको प्रचण्डको आरोप >> कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई >> महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल सुपर-३ मा प्रवेश >> बर्दघाटको पहाडी भेगका किसानलाई हाते ट्याक्टर >> २४ औ स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग >> ‘दाइजाे मृत्यु’ प्रकरणमा श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता >> संघीय निजामती सेवा विधेयक समितिबाट पारित >> सनस्क्रिन लगाउँदा अनुहार किन कालो हुन्छ ? उसो भए तरिका बदल्नुहोस् >> रास्वपाका सांसद असिम शाहले सोधे, ‘सरकार आफै डार्क मोडमा लान खोजेको हो ?(भिडियोसहित) >> राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ >> राजापुर नगरपालिकामा जिल्लाकै कम बेरुजु >> कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ महिलाको मृत्यु >> एकै पटक ३ हजारले बढ्यो सुनको मूल्य >> जलवायु परिवर्तन, हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीः प्रधानमन्त्री  >> रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्धा न्यायधिशद्वय चुडाँल र श्रेष्ठको इजालासमा >> पेट्रोलियम पदार्थको मूल्य घट्यो >> महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अतुलनीय >> प्रदेश सांसदले गरे सरकारको ध्यानाकर्षण >> शिक्षा र राजनीतिः राष्ट्रको भलाइका लागि समान पाटो >> बंगालको खाडी र अरब सागरको हावा नेपालमा, वर्षा र हिमपात हुने सम्भावना >> नेपालको राजनीति र नागरिक निराशा >> मदन आश्रित स्मृति दिवसमा रक्तदान >> मुलुकको अर्को बेथितीः बेरुजुको छलाङ >> प्रदेश सांसदमा फरक पहिचानको प्रयासमा सन्जु >> दलित र सीमान्तकृत समुदायमा विशेष आयआर्जन कार्यक्रम >> पाणिनिको कसरी भयो लुम्बिनीमै कम बेरुजु ? >> काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा >> कुलमानको दाबीमा महालेखाको आपत्ति : प्राधिकरणको नाफा यथार्थपरक छैन >> ईलिट जेआर र बुटवल १९ फाईनलमा >> कर छलीको आरोपमा रुपन्देहीका दुई व्यवसायी माथि मुद्दा दायर, एक करोड ४४ लाख बिगो माग >> भारततर्फको समस्याले नेपालको विद्युत सेवा आंशिक अवरुद्ध >> घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय >> राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन >> बजार क्षेत्रमा अग्नि नियन्त्रण स्प्रे जडान >> टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै पाैने ३ अर्ब मागदाबी >> बहराइनमाथि नेपालको संघर्षपूर्ण जित >> पाँचौ दिन लगातार घट्यो सेयर कारोबार >> यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह >> नेपाल बहराइनको खेल वर्षाले रोकियो

स्वास्थ्य जाँचबाट दुर्घटना घटाउने योजना

१२ कार्तिक २०८१, सोमबार
१२ कार्तिक २०८१, सोमबार

चन्द्रौटा, १२ कार्तिक ।
“चाडपर्वको समयमा यात्रुको चाप बढ्नसक्ने भएकाले ट्राफिक प्रहरीले विशेष योजना बनाएको छ । यात्रु सुरक्षाका लागि नयाँ कदम चाल्दै सडकमै स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छौँ”: जिल्ला ट्राफिक प्रहरी कपिलवस्तु प्रमुख निरीक्षक पङ्कज चुँदालीले भने । सडक दुर्घटना न्यूनीकरणसँगै यात्रु सुरक्षाका लागि नयाँ कदम चाल्दै सडकमै स्वास्थ्य परीक्षण अभियान सुरु उनले बताए । सवारी चेकजाँच, विद्यालय र समुदायमा सचेतनाका कार्यक्रम समेत सञ्चालन गरिने चुँदालीको भनाइ छ ।
शुक्रवारबाट सुरु भएको यस अभियान अन्तर्गत राजमार्गमा चल्ने सवारी चालकहरूको दृष्टि र रक्तचाप जाँच गरिएको छ । अभियानको पहिलो दिनमा ८७ जना चालकको स्वास्थ्य परीक्षण गर्दा केहीमा आँखा तथा रक्तचापसम्बन्धी समस्या पाइएको छ । दृष्टि, रङ्ग चिन्ने क्षमता, र रक्तचाप जाँच गरिएका चालकहरूमध्ये स्वास्थ्य समस्या पाएका चालकलाई थप उपचारको सल्लाह दिइएको प्रहरीले जनाएको छ । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जका दृष्टि विशेषज्ञ डा. सुशील कार्कीले समस्या पाएका चालकलाई आवश्यक परामर्श दिइएको जानकारी दिए ।

अभियानलाई नियमित बनाउने योजना रहेको ट्राफिक प्रहरी नायव निरीक्षक राघव सिंह राठौरले बताए । उनले भने, “ट्राफिक प्रहरीको जिम्मेवारी केवल कारबाही र राजस्व सङ्कलन मात्र होइन । चालक, सहचालक, र यात्रुको सुरक्षामा सचेतना ल्याउने हाम्रो मुख्य उद्देश्य हो ।” नवलपरासीका सवारी चालक लेख बहादुर राना मगरले लामो समय गाडी चलाउनुपर्ने चालकहरूको स्वास्थ्य नियमित परीक्षणको आवश्यकता रहेको बताए । सवारी दुर्घटनाको जोखिम कम गर्दै यात्रुको सुरक्षामा सुधार ल्याउन र चालकहरूमा नियमित स्वास्थ्य परीक्षणको महत्त्व बुझाउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी निरीक्षक पङ्कज चुँदालीका अनुसार चाँडपर्वको समयलाई मध्यनजर गर्दै बनाइएको यो विशेष योजनाले यात्रु सुरक्षालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?