ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

विवादित लक्ष्मणघाटमा विद्युतका ४१ वटा पोल जडान

१० कार्तिक २०८१, शनिबार
१० कार्तिक २०८१, शनिबार

जितपुर, १० कार्तिक ।
स्थानीयको विवादका कारण लामो समयदेखि अवरुद्ध लक्ष्मणघाट सुठौली गाउँमा विद्युत लाइन विस्तार सुचारु भएको छ । पटक पटक छलफल गर्दा पनि पालिका, स्थानीय स्तरमा सहमती नहुँदा लक्ष्मणघाट सुठौली विद्युत लाइन विस्तार हुन सकेको थिएन । स्थानीय गाउँले बीच नहरको बाटो वा गाउँको बाटो भन्ने विषयमा लामो समयसम्म विवाद भएको थियो । स्थानीय प्रहरी प्रशासनको उपस्थितीमा विद्युत प्राद्यिकरण तौलिहवाले विजुलीको पोल गाड्ने काम अघि बढाएको हो । वाणगंगा ६ स्थित लक्ष्मणघाट गाउँदेखि सुठौलीसम्म ४१ वटा विद्युतको पोल विस्तार गरिएको कायार्लय प्रमुख गौरव पाण्डेले जानकारी दिए ।
३३ केभिको प्रसारण लाइन मोतिपुर देखि तौलिहवा विस्तार गर्ने क्रममा कोपवा ६ का स्थानीयले विवाद गरेका थिए । यो लाइन विस्तार भएपछि यशोधरा, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिका क्षेत्रमा लो भोल्टेज, समय समयमा विद्युत अवरुद्ध, रुख ढल्ने समस्या अन्त्य हुने इन्जिनियर तिलकराम चौधरीले संचारकर्मिलाई बताए । उनले भने, अव दक्षिणी भेगका जनताको विद्युत समस्या अन्त्य हुन्छ, आगामी दिनमा विद्यूत अवरुद्ध हुँदा खेप्नु परेको समस्या र ग्राहकको गाली कम हुन्छ ।
कपिलवस्तु नगरपालिकाको अधिकांश क्षेत्रमा विद्युतको पोल तार लाइन बिस्तार भैसकेको छ । बाँकी कुश्मा क्षेत्रमा भोली नै गरिने बताइएको छ । कपिलवस्तुको विद्युत क्षेत्रमा उल्लेखनीय प्रगतीको योजना अवरुद्ध हुँदा कतिपयले विकास विरोधी गतिविधी भएको भन्दै आलोचना गरेका थिए । लक्ष्मणघाट सुठौली क्षेत्रमा पोल विस्तार गर्दा स्थानीय व्यक्तिलाई कुनै समस्या नपर्ने गरी विद्युत पोल गाडिएको इन्जिनियर चौधरीले बताए ।
जग्गावालाकै रोहबरमा कुनै अप्ठ्यारो नपर्नेगरी छलफलका आधारमा साध मिलाएर विद्युत पोल गाडिएको उनले बताए । अवरोध विना विद्युत पोल गाडिएको छ, अहिले कुनै पनि समस्या छैन चौधरीले भने । विगतमा जंगलबाटो भएर लामो दुरी हुँदा कम भोल्टेज हुने गरेको थियो ।विद्यतु लाइन विस्तार गर्न खोजेपछी स्थानीयले रोक्ने क्रममा वाणगंगा ६ कि एक महिला घाइते भएकी थिइन् । उनको पिपरा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?