ट्रेंडिंग:

>> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने >> सल्यानमा मिनीट्रक दुर्घटना: तीन जनाको मृत्यु, ८ जना घाइते >> भाइटीकाको शुभ साइत सार्वजनिक >> उपाधिका लागि गुड मर्निङ र दोभान भिड्ने >> निमार्ण ब्यवसायीहरुलाई सिध्याएर देश बन्ने सोच राख्नु गलत हो । — वरिष्ठ उपाध्यक्ष लामा >> कटहरिया नगरपालिकामा पुनः तालाबन्दी >> आइपिएल टिम लखनउले केएल राहुललाई रिटेन नगर्ने ! >> प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण >> नेप्से २७ अंकले बढ्यो, ५ अर्बको कारोबार >> भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट छ- गृहमन्त्री लेखक

इप्रका गढवामा सुबिधा सम्पन्न सेवाकेन्द्रको भवन बन्दै

१० कार्तिक २०८१, शनिबार
१० कार्तिक २०८१, शनिबार

लमही, १० कार्तिक ।
दाङको गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय गढवाको परिसरमा सुविधा सम्पन्न र अत्याधुनिक सेवाकेन्द्र भवन निर्माण हुने भएको छ । वेलायत सरकार र प्रहरी प्रधान कार्यालयको संयुक्त साझेदारीमा सञ्चालित सुरक्षा तथा न्याय परियोजना ( ग्लयउक ) अन्तर्गत महिला वालवालीका तथा जेष्ठनागरिक सेवाकेन्द्रको सुविधासम्पन्न भवन निर्माण हुने भएको प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी बरिष्ठ उपरिक्षक रामकुमार चौधरीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गढवाको नेपाल प्रहरीको विज्ञ टोलीद्धारा भवन निर्माणको स्थलगत अध्ययन तथा स्थानीयहरूसंग अन्र्तकृया कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालय अन्तरगत सुरक्षा तथा न्याय परियोजना मार्फत लुम्बिनी प्रदेशका बुटवल, चन्द्रौटा, कोहलपुर र दाङको गढवा गरि ४ स्थलहरूमा आधुनिक र सुविधासम्पन्न सेवाकेन्द्रका भवनहरू निर्माणका लागि प्राबिधिक स्टिमेट तयार गरेर ठेक्का टेण्डर समेत भैसकेको जानकारी गराइएको हो । नेपालका ३६ जिल्लामा ५८ वटा सेवाकेन्द्र संचालनका यस्ता भवनहरू निर्माण गर्न थालिएको प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी बरिष्ठ उपरिक्षक रामकुमार चौधरीले जानाकारी दिए ।

दाङ जिल्लाको इलाका प्रहरी कार्यालय गढवाको परिसरको दक्षिणतर्फ निर्माण गरिने यस भवनको अलग्गै बाउण्ड्री तथा गेट रहने र नागरिक मैत्री सेवा प्रवाह गरिने कार्यक्रममा जानकारी गराईएको हो । उक्त भवनमा चिल्ड्रन पार्क, परामर्श कक्ष, मुद्दाफँट, संचार कक्ष, ईण्ट्री कक्ष, स्वागत कक्ष, भान्छा, रेष्टरुम लगायतका बिभिन्न कक्षहरू रहने साथै सुविधा सम्पन्न अत्याधुनीक, भूकम्प प्रतिरोधी र अपांगमैत्री संरचना निर्माण गरिने बताइएको छ । झण्डै ३ करोडको लागत स्टिमेटमा महिला वालवालीका तथा जेष्ठ नागरिक सेवाकेन्द्रको उक्त भवन निर्माण गरिने भएको छ । भवन निर्माण संगै २ बर्षसम्म गढवा र राजपुरका १५ वटै वडाहरूमा सेवा प्रबाह हुनेगरी घरेलु हिंसा, लैंगिक हिंसा र वालविवाह न्यूनीकरण, वाल यौन दुब्र्यवहार, जर्वजस्ती करणीका घटनाहरू न्यूनीकरण तथा जेष्ठनागरिकहरूको हितका लागि सचेतना मूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने परियोजनाका आधीकारी कृति थापाले जानकारी दिए।

इलाका प्रहरी कार्यालय गढवाको कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिकाका १५ वटा वडाहरू र भारतसंग सिमाना जोडिएका ४२ बढी नाकाक्षेत्रहरू रहेका छन् । यस क्षेत्रमा महिला वालवालीका बेचविखन तथा ओसारपसारका थुप्रै अपराधिक घटनाहरू हुने गरेका छन् भने वालविवाह, वाल यौन दुब्र्यवहार, जवरजस्ती करणी र जेष्ठनागरिकहरूमा हुने अमानवीय ब्यवहार यि सबै समस्याहरूलाई न्यूनीकरण गर्न र सामाजीक सचेतना फैलाउन उक्त भवनमा कार्यालय राखी नेपाल प्रहरीले सेवा प्रवाह गर्ने र परियोजना अन्र्तगत थुप्रै सामाजिक सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिने कार्यक्रममा बताइएको हो ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले यस्तो सुविधासम्पन्न सेवाकेन्द्रको भवन गढवा गाउँपालिकामा रहेको इप्रकामा बन्दै गरेकोमा खुसी ब्यक्त गर्दै यसको प्रभावकारीता, दिगोपना र संरक्षणमा स्थानीय सरकारको दायित्व रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?