Butwal Today

सत्ता गठबन्धनको दाबी- सरकार बदलिने हल्ला भ्रमपूर्ण हो

९ कार्तिक २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

सत्तामा रहेका सात राजनीतिक दलको बैठकले सरकार ढल्ने भन्ने पछिल्ला हल्ला निरर्थक भएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सात दलका नेताको बैठकले यस्तो निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

उनले भने, “सरकार बदलिन्छ भन्नु भ्रमपूर्ण कुरा हो,  सत्तारुढ दलको बैठकले यसबारेमा दृढ विश्वास व्यक्त गरेको छ । सत्तारुढ दलको बैठक निरन्तर बस्ने र सरकारमा रहेका दलहरुका बीचमा छलफल र निरन्तरता दिने विषयमा कुरा भएको छ ।”