© २०२३
काठमाडौँ ।
प्रहरीले उदयपुर, मोरङ र सिराहाबाट जुवातास खेलिरहेका २१ जनालाई पक्राउ गरेको छ ।
जसमा उदयपुर, त्रियुगा नगरपालिका-९ गैरून माथान टोलस्थित जंग बहादुर राईको कुखुराको फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय राजु कार्की समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १४ हजार ५ सय ७५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, सुनवर्षी नगरपालिका-९ भेडवाथान बस्ने कहरसिंह राजवंशीको घरमा जुवातास खेलिरहेको अवस्थामा कहरसिंह समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार रूपैयाँ, ४ बुक तास र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।
त्यसैगरी सिराहा, सिरहा नगरपालिका-७ स्थित थापा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ४१ वर्षीय पाण्डव मुखिया समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सिराहा र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार २ सय ६५ रूपैयाँ, ७ बुक तास, ६ थान मोबाइल र ५ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी