ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

बाबुरामको प्रश्न- पुर्व माओवादीहरु किन एक ठाउमा आउने, प्रचण्डलाई सत्तारोहण गराउन ?

९ कार्तिक २०८१, शुक्रबार
९ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

डा. बाबुराम भट्टराईले पुर्व माओवादीहरु किन एक ठाउमा आउने भन्दै पुष्प कमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा एक लामो पोष्ट लेख्दै बाबुरामले सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने भन्दै अर्को जनयुद्ध गर्न या भोजभतेर गर्न या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन भन्दै यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो ? भन्दै प्रश्न गरेका हुन्  ।

उनले भनेका छन् :

प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।

यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छ:-

पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो?

स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं- माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुॅजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुॅजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध ( unequal and dependent relations) मा बाँधिन पुगेका छौं।

यो स्थितिमा अब हामीले पुरानो  जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार-राजनीति र  स्टालिनवादी अति केन्द्रीकृत ढाॅचाको  कम्युनिष्ट पार्टीको माध्यमबाट नयाॅ युगका कार्यभार पूरा गर्न सक्दैनौं। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाॅकी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यसनिम्ति हामीले  नयाॅ युगको नयाॅ कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाॅ विकास गर्नु परेेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाॅ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद ( enhanced/enriched socialism) भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं।

हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक-राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं? तर अहिले समय र परिस्थिति अनुकुल नयाॅ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आउँ ‘ भन्नुको के अर्थ रहन्छ?

माओ मरेको पनि आधा शताब्दी बितिसकेको, विश्वमा वस्तुगत र आत्मगत रूपले अपूर्व परिवर्तन आएको, पुरानो ‘कम्युनिष्ट’ सत्ताहरू सबैतिर तासको घर झैं ढल्दै गैरहेको, भूमण्डलीकृत नव-उदारवादी पुॅजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, ए.आई.को अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम् पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशाश्त्र, समाजशाश्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न? फेरि नेपालको जटील भूराजनीति, चरम जातीय/भाषिक/क्षेत्रीय विविधता, अति अविकसित/अल्पविकसित अर्थतन्त्र लगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन?

यति गम्भीर र दूरगामी महत्वको विषयमा पूर्व माओवादी मात्र हैन सबै पार्टी भित्रका अग्रगामी सोंच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषत: सिर्जनशील तथा उर्जावान नयाॅ पुस्ताका युवाहरू वीच बृहद बहस चलाएर नयाॅ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हैन र?

दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ ‘ सुशाशनकोनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि ( common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दी/उर्दू उखान- ‘सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग-उत्थानीकरण हुॅदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLAND: How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन। यदि त्यो सबै ‘क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र’ हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला?ती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला?

फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ!! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा ( नयाॅ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?