ट्रेंडिंग:

>> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता >> फुटबलको गौरवः ‘तिलोत्तमा गोल्डकप’

डेंगी नियन्त्रणका लागि आज १० मिनेट, देशभर अभियान

९ कार्तिक २०८१, शुक्रबार
९ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्दै डेंगी नियन्त्रणको लागि देशव्यापी अभियान सञ्चालन गर्न सबैलाई आग्रह गरेका छन् ।

एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले डेंगीको प्रकोपले नेपालका केही जिल्लाहरूमा गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको उल्लेख गर्दै यसबाट बच्न लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु अत्यावश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्- ‘आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजुभाईहरु, डेंगी सार्ने लामखुट्टेको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको पानी जम्ने ठाउँहरू खोजेर त्यहाँका लामखुट्टेका लार्भा/प्युपा नष्ट गर्नु हो। त्यसैले, कम्तिमा हप्तामा एक पटक, प्रत्येक शुक्रबार बिहान १० बजे १० मिनेटको लागि देशव्यापी रुपमा यो अभियान चलाउन सबैको सहभागिता आवश्यक छ ।’

प्रधानमन्त्रीले यो अभियानमा सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियानकर्ताहरु तथा आम नागरिकहरूको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्- ‘नागरिक स्वस्थ भए मात्र समृद्ध नेपालको निर्माण सम्भव छ। स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ ।’

डेंगी नियन्त्रणका लागि देशभरि एकीकृत प्रयास आवश्यक रहेको बताउँदै उनले लामखुट्टेको प्रजनन स्थलहरू जस्तै पानी जम्ने ठाउँहरू हटाएर प्रकोपलाई रोक्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?