© २०२३
बर्दिया ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।