ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

तिहार अगावै सवस्टेशन सञ्चालनको तयारी

८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार

प्यूठान, ०८ कार्तिक ।
लामो समय देखि अलपत्र पारिएको दम्तिको विद्युत सव स्टेशन तिहार अगावै सञ्चालन गर्ने तयारी गरिएको छ । मङ्गलवार खलङ्गामा भएको सर्वपक्षीय बैठकबाट सवस्टेशन तिहार अगावै सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले बताइन् । प्यूठान नगरपालिका–८ दम्तिमा निर्माण सम्झौताको सात वर्षसम्म सञ्चालनमा नआएको सवस्टेशनको निर्माण काम सम्पन्न गर्न निर्देशन दिइएको हो । नेपाल विद्युत प्राधिकरण, प्यूठान वितरण केन्द्रका अनुसार सवस्टेशनको काम ९० प्रतिशत सम्पन्न भएको छ । वितरण केन्द्र प्रमुख महेन्द्र दासले बुधबारबाट रुख काट्ने काम शुरु गरेको जानकारी दिए । ‘लाइन टाग्ने केही ठाउँमा विवाद थियो, अव अवरोध नभए ५ दिनमा सम्पन्न हुन्छ’ दासले भने । उनका अनुसार क्वाडी, विजुवार, बाग्दुला, दम्तिमा ३३ केभिए लाइनको ९० प्रतिशत, ११ केभिए लाइनको काम पनि ९० प्रतिशत सम्पन्न भएको हो ।

२०७४ जेठ १७ गते श्री त्रीपुरेश्वर जय दुर्गे जेभिले निर्माण जिम्मा लिएको उक्त काम ७ वर्षदेखि निर्माण सम्पन्न हुन सकेको छैन । पछिल्लो समय निर्माण कम्पनी सम्पर्कमा नआएपछि ठेक्का तोडेर सवस्टेशन सञ्चालनको लागि अघि बढ्न विद्युत् प्राधिकरणले तयारी गरेको हो ।

५ करोड ३६ लाख ६० हजार ६ सय ८२ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै निर्माण कार्य अलपत्र छोडेपछि मङ्गलवार सर्वपक्षीय बैठक बसेको थियो । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सिको अध्यक्षतामा भएको बैठकमा लुम्बिनी प्रदेशका सांसद तुल्सीराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विभिन्न राजनीतिक दलका नेता लगायत सरोकारवालाको सहभागिता थियो । सवस्टेशन सञ्चालनसँगै अहिले अनियमित भइरहेको विद्युतको नियमित आपूर्तिका लागि सहजता हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?