© २०२३
बुटवल, ०८ कार्तिक ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले तीनजना नयाँ मन्त्री थपेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट तीनजना मन्त्री थपेका हुन् । नवनियुक्त मन्त्रीहरूको बिहीबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।
नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्री बनाइएको छ । नयाँ मन्त्रीहरू कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिएपनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ ।