© २०२३
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेर अघि बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।
प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुध दलको बैठक बोलाएको बताइएको छ ।