© २०२३
बुटवल, ६ कात्तिक ।
नेकपा एमालेको दोस्रो बुटवल उपमहानगर अधिवेशनको तयारी तिव्र भैरहेको छ । सोमबार एकै दिन १९ वटा वडा तथा हाटबजार शाखा कमिटिबाट प्रतिनिधि छनोटको कार्य सम्पन्न गरेको छ । त्यसैगरी जनवर्गीय संगठन तथा दलित क्लस्टरबाट समेत प्रतिनिधि छनोटको काम सम्पन्न भएको छ ।
यही कात्तिक ८ गते आयोजना हुन लागेको दोस्रो अधिवेशनमा वडा÷ शाखा, जनवर्गीय संगठन र आयोजकहरु प्रतिनिधिको रुपमा अधिवेशनमा सहभागी हुने बताईएको छ । अधिवेशनको उद्घाटन सत्रको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले गर्ने आयोजकले बताएका छन् ।
दोस्रो अधिवेशन नजिकिदै जादा नेतृत्वको समेत नाम चर्चामा आउन थालेको छ । हालका उपाध्यक्ष शोभाखर पोख्रेल र सचिव मेघराज भट्टराईले अध्यक्षको आकांक्षा गरेका छन ।
उता सचिवममा भने नेकपा एमाले बुटवल उपमहानगर वडा न ११ का निवर्तमान अध्यक्ष दिनानाथ भट्टराईको नाम चर्चामा रहेको छ साथे राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही जिल्ला कमिटिका अध्यक्ष विकास बस्नेतले समेत सचिव पदमा दावी गरेको बुझिएको छ ।
प्रतिनिधि छनोट भेलामा समेत युवाहरुको नेतृत्वको बहस गम्भीर रुपमा उठेको छ । जिल्ला कमिटिको परिपत्र अनुसार समेत युवा नेतृत्व नगर कमिटिमा स्थापित हुने आशय व्यक्त गरिएकोले बुटवल उपमहानगर अधिवेशनमा समेत युवाहरुबाट नेतृत्वको लागि प्रतिनिधिहरुले समेत भुमिका निर्वाह गर्ने बताएका छन् ।
केन्द्रिय उपाध्यक्ष तथा हालका अर्थमन्त्री विष्णु पौडेलको क्षेत्र रहेको बुटवल उपमहानगर कमिटिलाई केन्द्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने कमिटीको रुपमा हेर्ने गरिएको छ ।