© २०२३
बुटवल, ११ असोज । विश्व मुटु दिवसको अवसरमा शुक्रबार नेपाल ह्रदयरोग निवारण प्रतिष्ठान, रुपन्देहीले विद्यालय सचेतना कार्यक्रम गरेको छ । विद्यालयस्तरका बालबालिकाहरुलाई मुटु सम्बन्धी जानकारी दिने र प्राथमिक उपचारमा सहयोग हुने गरि गौतम बुद्ध मुटु अस्पतालको सहकार्यमा रामनगरस्थित जनता माबिमा प्रतिष्ठानले अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहजिकरण गर्दै अस्पतालका विशेषज्ञ चिकित्सक डा.सचिन ढुगेलले विद्यार्थीहरुलाई स्वस्थ्य मुटु, मुटु रोग र यसका लक्षण साथै बच्ने उपायहरुबारे जानकारी गराएका थिए । शहरी जिवनशैलीमा सहि खानपिन र शारीरिक ब्यायाम नहुदा हुने समस्या र समाधानका उपायबारे उनले जानकारी दिए । मद्यपान, ध्रुमपान मानव स्वस्थ्यमा असर र युवा वर्गको यसको लतमा पर्ने हुदा पनि यस विषयमा समयमा सचेत हुनुपर्ने उनले सुझाव दिए ।
प्रतिष्ठानका अध्यक्ष बोनिन पियाले युवा वर्गमा समेत यो समस्या बढ्दो रहेको हुदा पनि सचेतनाका कार्यक्रमलाई विद्यालयस्तरमा जोड्न जरुरी रहेको बताए । दिवससंगै ठाउठाउमा सचेतनामुलक ब्यानर र पम्लेटिङ गर्ने समेत योजना रहेको उनले बताए । विश्व मुटु दिवसको मुल कार्यक्रममा हुने सामुहिक सचेतना रयालीमा समेत सहभागी हुने उनले बताए ।
कार्यक्रममा प्रतिष्ठानका सचिव राजेन्द्र कार्कीले बालबालिकाहरुलाई मुटु र मुटु रोग सम्बन्धी जानकारी दिदा यसबाट उनिहरु र घरपरिवारमा समेत जानकारी दिन सक्ने हुदा राम्रो प्रभाव पर्ने दाबी गरे । मुटुको समस्या देखिदा प्राथमिक उपचार गर्न सक्ने गरि बिद्यार्थीहरुलाई अभ्यास गराईएको उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आशा बस्नेत थापा, प्रतिष्ठानका उपसभापति काजीमान श्रेष्ठ, कोषाध्यक्ष उमाशंकर मालपानी, सदस्य ध्रुव शर्माले आगामी दिनहरुमा समेत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रतिष्ठानको मुल्याकनमा क्रियाशिल ४५ जिल्लाबाट उत्कृष्ट १० शाखा घोषित हुदै ईसिजि मेशिन प्राप्त भएको प्रतिष्ठानका उपसभापति नरेश कुमार श्रेष्ठ बताए । बिसं २०५१ सालमा स्थापना भएको प्रतिष्ठान मुटुको सुरक्षा र मुटु रोगबारे सचेतना जगाउने गरि कार्यक्रम गर्दै आएको उनले बताए ।
कार्यक्रममा विद्यालयमा अध्ययरत कक्षा ८, ९ र १० का करीब डेढ सय विद्यार्थीहरु, अभिभावकहरुको सहभागीता रहेको प्रतिष्ठानका सहायक सचिव तथा कार्यक्रम संयोजक करुण खनालले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी