Butwal Today

दुम्किबास युनाइटेड गोल्डकपको क्वाटरफाईनलमा

२१ भाद्र २०८१, शुक्रबार
अ+
अ-

नवलपुर,भदौ २१ गते । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको शुक्रबार भएको पहिलो चरणको अन्तिम खेलमा दुम्किबास खेलकुद विकास समिति विजयी हुदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । राईनो क्लब मदनपुरलाई ५–१ गोल अन्तरले पराजित गर्दै दुम्किबास खेलकुद विकास समिति क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा शनिबारदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुने आयोजकले जनाएको छ । शनिबार पहिलो क्वाटरफाईनलमा चोरमारा युवा क्लब, चोरमारा र रडस रामपुर खेल्नेछ्न । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।

उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ । युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।