© २०२३
बुटवल, १७ भदौ। रुपन्देहीमा जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमीफाईनलमा शानदार जितका साथ खस्यौली फुटबल क्लब बुटवल फाईनलमा प्रवेश गरेको छ। गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा सोमबार भएको खेलमा खस्यौलीले हरैया युथ क्लब, हरैयालाई ५–२ ले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो।
मंगलबारको दोस्रो सेमिफाइनल खेल आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र, पिपरिचापा र जनज्योति युवा क्लब, डिंगरनगरको विजेतासंग खस्यौलीले उपाधिका लागि फाईनलमा खेल्नेछ। पिपरिचापा खेलमैदानमा भएको खेलको १० अौ मिनेटमा खस्यौलीले दुई गोलको अग्रता लिएको छ। खस्यौलीको जितमा कप्तान अनुज गैरेले दुई तथा एलिस मगर, सबी गुरुङ र मनिष तामाङले १-१ गोल थपे।खेलमा हरैयाका राज भुषालले सान्त्वना गोल गरे । थप एक भने खस्यौलीका सुवास परियारले आत्मघाती गोलमार्फत उपहार दिए।
खेलमा खस्यौलीका कप्तान अनुज गैरे म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको उपाधि विजेताले नगद १,०१,१११ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ५५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने पखेल संयोजक रोशन पुनले बताए। फाइनल खेल भदौ २० गते हुनेछ ।