ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

नास आईटीको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

काठमाडौं –

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी)ले काठमाडौंको होटल सोल्टीमा आफ्नो दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा ५० भन्दा माथि सदस्य कम्पनी प्रतिनिधिहरू, बोर्ड सदस्यहरू र प्रमुख सरोकारवालाहरूको उपस्थिति थियो।सभामा गत वर्षका गतिविधिहरू र उपलब्धिहरूको समीक्षा गर्नुको साथसाथै संस्थाका भावी योजनाहरूको बारेमा छलफल भएको थियो ।

टेकक्राफ्टका कार्यकारी निर्देशक सन्तोष कोइरालालाई अध्यक्षको रूपमा नियुक्त गरिएको छ । ईके सोलुसन्सका सीईओ गौरव राज पाण्डे उपाध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन् भने गोक्यो ल्याब्सका सह–संस्थापक अभय पौडेल कोषाध्यक्षको भूमिकामा रहनेछन् ।

लगप्वाइन्टका राष्ट्र निर्देशक दिपेन चापागाईं महासचिव हुनेछन् । कार्यकारी समितिमा अम्निल टेक्नोलोजिजकी सीओओ अलिशा श्रेष्ठ, एमिनेंस वेजका एमडी नारायण कोइराला, लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज विजयानन्द, बीआईसी टेक्नोलोजिजकी सह–संस्थापक प्रार्थना साखः र निवर्तमान अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ रहने छन् ।

संस्थापक अध्यक्ष रिचन श्रेष्ठले नवनिर्वाचित अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गरे । नास आईटीको अध्यक्षको रूपमा आफ्नो भूमिका सम्हाल्दै सन्तोष कोइरालाले नेपाललाई विश्वव्यापी टेक हबको रूपमा स्थापित गर्ने नास आईटीको दृष्टिकोणलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामी आईटी श्रोतहरूको अधिकतम उपयोग, बजार पहुँचको विस्तार र उद्योगको वृद्धिलाई समर्थन गर्न केन्द्रित हुने छौं ।

यस नयाँ नेतृत्वको मातहतमा नास आईटीले आफ्नो वृद्धिविस्तार जारी राख्ने र नेपालमा आईटी उद्योगको विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । गत वर्षमा संस्थाले एसिया प्यासिफिक आईसीटी एलायन्स (एपिक्ता) मा सामेल हुने र लन्डन टेक विकमा नेपालको आईटी क्षमताहरू प्रदर्शन गर्ने जस्ता महत्वपूर्ण माइलस्टोनहरू प्राप्त गरेको थियो ।

नास आईटीले भविष्यमा पनि नवीनता अभिवृद्धि गर्ने र देशको आईटी क्षेत्रको वृद्धिलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवीनता, उद्यमशीलता, सहकार्यलाई प्रोत्साहित गर्दै सदस्यहरूलाई विश्वव्यापी बजारमा सफल बनाउन अवसरहरू सिर्जना गर्नेछ । नास आईटीले सबै सदस्य र साझेदारहरूप्रति निरन्तर समर्थनका लागि हार्दिक आभार व्यक्त गरेको छ ।

नास आईटीले वार्षिक साधारण सभा पछिको कार्यक्रममा ओर्किड इन्टरनेशनल कलेजसँग समझौता ज्ञापन पत्र्मा हस्ताक्षर गरेको छ । यस सहकार्यले नास आईटीको दिगो विकास कोषलाई बलियो बनाउनेछ । नेपाललाई विश्वव्यापी प्रविधि हबको रूपमा चिनाउने लक्ष्यलाई ओर्किड इन्टरनेशनल कलेजले समर्थन गरेको छ ।

दिगो विकास कोष नेपालको प्रविधि परिदृश्यमा नवीनता, अनुसन्धान र विकासलाई समर्थन गर्ने नास आईटीको दीर्घकालीन वित्तीय दिगोपन सुनिश्चित गर्न डिजाइन गरिएको एक महत्वपूर्ण पहल हो । दिगो साझेदारको रूपमा ओर्किड इन्टरनेशनल कलेजले उद्योगबीचको सहकार्यलाई समर्थन गर्न र प्रविधि ज्ञान प्रदान गर्न नास आईटीसँग मिलेर काम गर्नेछ । यस साझेदारीले नेपालको आइसीटी इकोसिस्टममा योगदान पुर्‍याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?