ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

कुशल गुरुङ्गलाई प्रथम ‘तिलोत्तमा श्री’ को उपाधि

१६ भाद्र २०८१, आइतबार
१६ भाद्र २०८१, आइतबार

बुटवल, १६ भदौ । रुपन्देहीमा सम्पन्न प्रथम तिलोत्तमा शारीरीक सुगठन प्रतियोगिताको उपाधि रोयल फिट्नेसका कुशल गुरुङ्गले चुमेका छन । शनिबार अबेर भएको फाईनलमा ७० केजी प्लस तौल समुहबाट विजेता बन्दै गुरुङ्ग ओभर अल टाईटलको उपाधि जितेका हुन । उपाधिसंगै उनले नगद ७५ हजार रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भए ।

तिलोत्तमा नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समिति, एक्ट्रिम फिटनेश क्लबको प्रायोजन तथा बुल्समेन क्लबको सहकार्य भएको प्रथम तिलोत्तमा श्री शारिरिक सुगठन प्रतियोगिता २०८१ एवं पुरुष र महिला फिजिक, रुपन्देही जिल्ला स्तरीय प्रतियोगिता शारीरिक सुगठनतर्फ ५५ केजी तौल समुहमा फिजीकल फिट्नेस एण्ड ब्युटीका प्रतीक पन्थ प्रथम तथा दिप जिमका सन्दीप अर्याल दोस्रो र रोयल जिम फिटे्नेसका दिलीप थापा तेश्रो भए । यसैगरि ६० केजी तौल समुहमा रोयल आईरन जिमका सागर बिक प्रथम र फिट्नेस टाईमका खेमानन्द अधिकारी दोस्रो तथा द वेलनेस जिमका काजु पुन तेश्रो भए ।

त्यस्तै ६५ केजी तौल समुहमा एक्स्ट्रीम फिट्नेसका चन्द थापा प्रथम भए । फिजीकल फिट्नेसका निरोज केसी दोश्रो तथा टवान्टीफोर आवर हेल्थ क्लबका बिष्णु परियार तेस्रो भए । यसैगरि ७० केजी तौल समुहमा ए एण्ड ए हेल्थ क्लबका बिज्ञान श्रेष्ठ प्रथम, फिट्नेश क्लबका ओसीङ्ग सारु मगर दोस्रो र डाइनेष्टी फिट्नेसका अभिजीत महत तेस्रो भए । भने ७० प्लस इभेन्ट्मा कुसल गुरुङ्ग प्रथम तथा बुटवल फिट्नेसका भुपाल कुंवर दोस्रो तथा दिप जिमका राहुल दर्लामीले तेस्रो भए ।

यता प्रतियोगिता अन्तरगत मेन्स फिजिक्स १७० सेमी तल तर्फको प्रतियोगितामा फिट्नेस क्लबका रोहीत शाही प्रथम भएका छन । प्रतियोगितामा ट्वान्टी फोर हेल्थ फिट्नेसका सन्जिब थापा दोस्रो तथा अनुप शाही ठकुरी तेस्रो भए ।
मेन्स फिजिक्सको १७० सेमीमाथि तर्फ एक्ट्रीम फिट्नेसका रेसित राना प्रथम भए । रअ फिट्नेसका सबी सिङ्ग ठकुरी दोस्रो र योर्स मल्टीपल फिट्नेसका रोशन कुंँवर तेश्रो भए । महिला फिजिक्सतर्फ भएको प्रतियोगितामा रीता बिक प्रथम भए । यसैगरि रजीता अर्याल दोस्रो तथा मनीषा न्यौपाने तेस्रो भईन । प्रतियोगितामा रुपन्देही जिल्लाका करीब ५० खेलाडीहरुले भाग लिएका थिए ।

एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरन गौतम, सञ्चार समन्वय परिषद लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहा र समाजसेबी मिलन थापा, तिलोत्तमा नगर खेलकुदका संयोजक तथा एन्फा रुपन्देहीका अध्यक्ष लोक पुन, संयोजन एक्स्ट्रीमका सञ्चालक मन बहादुर थापाले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?