ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

लेनदेनको विवादले नाराबाजी

१२ भाद्र २०८१, बुधबार
१२ भाद्र २०८१, बुधबार

बुटवल, १२ भदौ ।
बुटवल रूपन्देहीको तिलोत्तमामा–३ जानकीनगरमा लेनदेनको विषयमा आपसी विवादका बीच मंगलबार प्रदर्शन गरेका छन् । तिलोत्तमा–३ स्थित स्थानीय बिमला कुमारी श्रेष्ठले पछी फिर्ता गर्ने गरी सहमतिमा विक्री गरिएको भनिएको घर साहुले फिर्ता नदिएर ठूलो रकम माग गरेपछि पुनः बिमलाले नै पाउनुपर्ने भन्दै उनीहरूले बिरोध प्रदर्शन गरेका हुन् ।

यद्यपि उक्त घर जग्गा २०७४ साल असार १६ गते पीडित भनिएकी बिमला कुमारीले पशुपती घिमिरेकी श्रीमती राधादेवी पौडेल (घिमिरे) लाई बिक्री गरेको देखिन्छ । उक्त समय बिमलाले घर बिक्री गरेको नभई पछि ऋण तिरेपछि फिर्ताहुने सर्तनामा गर्दै बन्दगीका रूपमा दिएको बताईन । फिर्ता हुने कुरा नभएर अरूलाई बिक्री गरेको भन्दै घर खाली गराउन खोजेपछी बिवाद बढेको बिमलाको भनाई छ । घर फिर्ता गर्नुपर्ने पक्षमा नारा लगाउँदै दुर्गा प्रशाई समर्थकहरूले जस्तोसुकै कदम चाल्न तयार हुने चेतावनी दिएका छन् । सोही घरमा कार्यालय स्थापना गर्ने घोषणासहित बिमलाको पक्षमा लड्ने प्रतिवद्धता गरिएको प्रसाई समर्थक संस्था राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल जिल्ला संयोजक शंकर कोइरालाले बताए ।

उक्त घर जग्गा ७ वर्ष अगाडि नै खरिद गरेका पशुपति घिमिरले प्रशासनको सहयोगमा खाली गराउन खोज्दा प्रसाई समर्थकले रोकेका हुन् । यद्यपि घिमिरले ७ वर्षअघि नै उक्त घर जग्गा खरिद गरेका कारण उनकै हुने जिल्ला अदालत रूपन्देही र उच्च अदालत बुटवलले समेत फैसला गरेको छ । उक्त फैसला कानूनी रूपमा सही देखिए पनि लेनदेनअघि आफूहरू बीच भएको भद्र सहमति अनुसार घरजग्गा घिमिरेले आफूलाई फिर्ता गर्नुपर्ने पीडित भनिएकी बिमलाको माग छ ।

उनका अनुसार कागजातमा जे जस्तो भए पनि पशुपतिबाट आफूले ५ करोड ऋण लिए बापत घरजग्गा नामसारी गरिदिएको र उक्त रकम ब्याजसहित फिर्ता गरेपछि घर जग्गा पनि फिर्ता हुने सहमती भएको थियो । जग्गा धनी घिमीरेले पुरानो सहमती बिपरीत मुख्य राजर्मागको २० फुट जग्गा समते बिक्री गरीदिएको भन्दै पीडित बिमलाले भनिन पैसा र पावरको बलमा सोझासाझालाई घरबहार बिहीन बनाउन खोजेको बताईन् ।

तिलोत्तमा–३ (साविकको आनन्दवन गाविस–३ (‘ख’) स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६.७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घरसहित बिमलाले जग्गाको मूल्य २ करोड ३१ लाख तथा घरको मूल्य १५ लाख गरी २ करोड ४६ लाखमा पशुपतिकी श्रीमति राधादेवी पौडेल (घिमिरे) लाई राजीनामा दिएको मालपोत कार्यालयको काजगातमा देखिन्छ । तर उनीहरू बीच भएको अर्को सम्झौता पत्रमा भने बिमलाले ५ करोड ४ लाख पशुपतिकी श्रीमति राधादेवीबाट ऋण लिएको र उक्त रकमको ब्याज वार्षिक २१ प्रतिशतका हिसाबले ३÷३ महिनामा किस्ताबन्दी रूपमा बुझाउनु पर्ने उल्लेख गरिएको छ ।

यसरी बिमलाले ४२ महिनासम्म किस्ताबन्दीमा रकम बुझाउनु पर्ने र उक्त सर्तअनुसार नभए राधादेवीको नाममा पास गरिएको जग्गा उनैले पाउने भनि उल्लेख गरिएको छ । उक्त सर्तअनुसार समयमा ऋण तिर्न नसक्दा आफू घर न घाटको भएको भन्दै बिमलाले बिलौना गरेकी छन् । उक्त घर जग्गा फिर्ता पाउनका लागि पशुपतिले २३ करोड रकम माग गरेको भन्दै उनले उक्त रकम बुझाउन नसक्ने तर, हिसाब अनुसारको आउने रकम बुझाउन तयार रहेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?